चिसोबाट बच्न जेष्ठ नागरिकलाई न्यानो कपडा


शिवु खनाल
देउखुरी, ७ माघ  | दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ भित्र रहेका एक सय अर्तिस जना जेष्ठ नागरिहरु र चार जना पूर्ण अपाङगहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

Advertise with us

Buddha International Hospital

लमही नगर प्रमुख कुलबहादुर केसील र वडाध्यक्ष मोहन गिरिले संयुक्तरुपमा वडा नम्वर ७ का जेष्ठ नागरिक तथा अपाङहरुलाई न्यानो कपडा वितरण गर्नु भएको छ । स्थानिय तहमा जनप्रतिनिधि आएपछि यो न्यानो कपडा पाइयो । हामी जेष्ठ नागरिकहरुको सम्मान गर्नुभयो । जनप्रतिनिधिहरुले हामीलाई खुसी प्रदान गर्नुभएको छ, जेष्ठ नागरिकहरुले भने ।


जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले नगरभित्र रहेका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई नीतिगत रुपमा सम्मान गर्ने र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो । केसीले स्थानीय सरकाले सोचको विकास गर्न खोजेको भन्दै समाजमा रहेका कुरितीहरुको अन्त्य गर्ने बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले आगामी दिनहरुमा वडावासिहरुलाई यी र यस्ता कार्यक्रमहरु ल्याउने बताउँदै जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने बताउनुभयो ।

वडानम्वर ७ को कार्यालयले आफ्नो वडा क्षेत्रभित्र रहेका सहत्तर वर्ष नाघेका एक सय अर्तिस जना जेष्ठ नागरिक र पूर्ण अपाङग गरि एक सय बयालिस जना जेष्ठ नागरिगहरुलाई न्योनो कपडा वितरण गरेको गिरीले बताउनुभयो ।।