लकडाउनमा एयर होस्टेसको प्रेम पत्र

‘प्रिय उत्सव !
यतिबेला सिंगो विश्व कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । चीनबाट सुरु भएको यो भाइरसले विश्वका सबै जसो देशलाई आक्रान्त बनाएको छ । विश्वकै शक्तिशालि मानिएको अमेरिकामा यसको वितण्डा उग्र छ । लाखौ मानिसहरु बिरामी छन्, हजारौहजारको मृत्यु भैसकेको छ । यसले इटाली, फ्रान्स, जर्मन, जापानलगायतका अन्य ठूला र विकसित मुलुकहरुलाई समेत छाडेको छैन । हरेक देशमा मानिसहरु मर्नेक्रम बढ्दो छ । यो पत्र लेख्दासम्म हाम्रो नेपालमा केही मात्र कोरोनाबाट संक्रमित छन् । विदेशमा काम गरेर नेपाल फर्किएका केही व्यक्तिलाई यसले प्रभावमा पारेको छ । सरकारले समयमा नै लकडाउन गरेका कारण समाजमा यसको प्रभाव भयावह तरिकाले पर्न पाएको छैन । यसका लागि पनि वर्तमान केपी शर्मा ओलीको सरकार बधाईको पात्र छ । स्वास्थ्य क्षेत्रमा अव्वल मानिएका देशहरुमा यसबाट मर्ने मानिसहरु राख्ने ठाउँ नभएको अवस्था छ । यदि हाम्रो देशमा यो फैलने हो भने कुकुर मराई अवस्था आउने छ । त्यसका लागि पनि लकडाउन आवश्यक छ ।

म एयर होस्टेस भएकाले हवाई यात्रा सूचारु हुँदासम्म मेरो तर्फबाट यात्रीहरुलाई कोरोना संक्रमणबाट बच्ने उपाएका बारेमा खुलेर जानकारी दिने, सुझाब दिने कामहरु गर्दै आएकी थिएँ । यतिबेला हवाई यातायाता पनि बन्दछ । विशेष गरी मानिसबाट मानिसमा सर्ने भाइरस भएका कारण पनि सरकारले सबै क्षेत्र बन्द गरेको हो । तर पनि एयरलाईन्सहरुले परेको समयमा औषधी खरिद तथा बिदेशी नागरिकहरुलाई सम्बन्धित देशहरुमा पठाउँदा प्लेनको प्रयोग गर्दै आएको छ । यस्तो अवस्थामा हवाई सेवा प्रभावकारी हुन्छ । एयरलाईन्सहरुले पनि सरकारसँग समन्वय गरेर यस्तो अवस्थामा आफ्नो सेवाहरु दिँदै आएका छन् । यतिबेला हाम्रो मुलुक पनि कोरोनाको संक्रमणको सवालमा अत्यन्त जोखिमयुक्त छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्वलाई गाँजी रहेको समयमा अर्को छिमेकी मुलुक भारतमा पनि यसले क्रमशः प्रभाव जमाउँदैछ । भारतले पनि यतिबेला सिंगो मुलुकलाई लकडाउन गरेर नाका बन्द गरेको छ । नेपालले पनि नाका बन्द गरेका कारण अन्य देशबाट अब नेपालमा कोरोना फैलदैनकी भन्ने आसा गर्न सकिन्छ । यहाँका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिकदल, विभिन्न सामाजिक संघसंस्थाहरुले दिन रात नभनि कोरोना संक्रमणबाट बच्ने र बचाउने उपाएका लागि आफूलाई होमेका छन् । सिंगो मुलुक बन्द भएकाले खान समस्या नहोस् भनेर सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेको अवस्था छ । सरकारले अफ्ठ्यारोमा परेकाहरुलाई राहत बाँडिरहेको छ । घर जान हिँडेकाहरुलाई स्थानीय सरकारहरुले घरसम्म पु¥याउने वातावरण निर्माण गरेका छन् । विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनहरुमा कोरोनाको लक्षण देखिएकाहरुलाई अनि बिदेशबाट आएकाहरुलाई खान बस्न सहितको व्यवस्था गरिएको छ । अवस्था हेरेर निश्चित समय सामाजिक दुरी कायम गरेर बजारहरु खोल्ने काम भएको छ । बजारमा कालाबजारी नहोस् भनेर अनुगमन गर्ने कामहरु पनि भैरहेको छ ।

Blog Post Ad

प्रिय, म यतिबेला घरमा नै सुरक्षित तरिकाले बसिरहेको छु । माक्स, सेनीटाइजर, ग्लोव्स प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने काम गरिरहेकी छु । यतिबेला तिमी कहाँ छौ ? के गरिरहेका छौ ? मलाई थाहा छैन । जहाँ बसेको भएपनि सुरक्षित तरिकाले बसेका हौला भन्ने याचना छ । कोरोनाले सानाठूला कसैलाई पनि नछाड्ने भएकाले सामाजिक दुरी कायम गरी यसबाट जोगिने कुरा नै महत्वपूर्ण हो । सबैको सावधानीले यसलाई फैलनबाट रोक्न सकिन्छ ।

Blog Post Ad

तिमीसँग आजकाल फोनमा कुरा नगरेको पनि धेरै भैसकेको छ । तिमीलाई सम्झदा मनमा खेलेका कुराहरु डायरीमा यसैगरी लेख्छु । आजकाल तिम्रो यादले झनै सताइरहेको हुन्छ । अघिपछि अफीस जान्थे । एयर होस्टेस भएकाले प्लेनका यात्रीहरुलाई एयर होस्टेसले गर्नु पर्ने सेवाहरु प्रदान गर्दागर्दै दिन बित्थ्यो, घर आएपछि अर्को दिनको तयारी गर्थे । तर आजकाल हाम्रो अफीस पनि बन्द छ । घरमा बस्दाबस्दा अत्यास लागि सक्यो । साथीहरु अनि दिदीलाई एकछिन् फोन ग¥यो, हालखबर सोध्यो, त्यसपछि तिमीलाई सामाजिक सञ्जालमा खोज्यो । यस्तै गरि दिनहरु बितिरहेका छन् । एकप्रकारले भन्ने हो भने आजकालको दैनिकी बनेका छन्, यी कुराहरु । तिमी आजकाल सामाजिक सञ्जालमा पनि आउँदैनौ, फोन बन्द छ । यति तिमीसँग बोल्न पाउँथे भने पनि मेरा दिनहरु सहज तरिकाले कट्थे होला ? त्यो पनि छैन । एक छाक खाएर दिन बिताउन सजिलै सकिन्छ होला तर मनको मान्छेसँग नबोलेर बस्न अति नै गाह्रो हुँदो रहेछ । एकप्रकारले भन्ने हो भने जिउँदो लास जस्तै बनिदोँ रहेछ । समयले हामीलाई धेरै टाढाको बनाएको छ । मलाई विश्वास छ, समयले छुटाएको साथलाई समयले नै एक बनाउने छ । म यही विश्वासको साथमा जेजसरी हुन्छ दिनहरु बिताई रहेकी छु । जहिले हाम्रो भेट होला, त्यतिबेला मैले गरेको अक्षरका खेतीहरुलाई तिमीले गोडमेल गर्नु ।
अन्तमा तिमीलाई फेरि पनि मनभरिको माया ।’
(प्रकाशउन्मूख उपन्यास एयर होस्टेसको एक अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *