जागिर जाने चिन्ता

Advertise with us

दाङ, माघ । नरदेवि मावि तेघरामा सन्तोष सेजुवाल ६ वर्षदेखि अध्यापन गर्दै हुनुहुन्छ । हुमबहादुर केसी नारायणपुर स्रोत ब्यक्तिको रुपमा कार्य गर्न थालेपछि सेजुवाल शिक्षकको रुपमा नियुक्त हुनु भएको थियो । तत्कालिन जिल्ला शिक्षा कार्यालयमा २२ जनाको विचबाट परिक्षा दिएर प्रतिस्पर्धा गरेर शिक्षकको रुपमा नियुक्त हुनु भएको थियो । तर अहिले उहाको जागिर के हुने भन्नेमा अन्यौलता छाएको छ ।

Buddha International Hospital

Advertise with us

सेजुवाल मात्र हैन, महेन्द्र मावि तुलसीपुरका गणेशकुमार केसीलाई पनि आफ्नो जागिरको सुरक्षा प्रति चिन्ता छ । केहि वर्ष देखि समाजिक विषय अध्यापन गराउँदै आउनु भएका केसीको जागिरको सुरक्षाको ग्यारेन्टी अहिले सेजुवाल र केसी जस्ता १ हजार ५३ जना स्रोतब्यक्ति सट्टा शिक्षकहरु आफ्नो जागिरको सुरक्षाको माग गर्दै राज्यसँग माग गरेका छन् ।

सरकारले स्रोत ब्यक्तिहरुलाई पुनः शिक्षण पेसामा फर्काउने योजना बनाएपछि सट्टा शिक्षकहरुले आफ्नो जागिर जाने चिन्तामा छन् । ‘लामो समयदेखि शिक्षण पेसामा रहेर विद्यालय र राज्यलाई ठुलो सहयोग गरेका छौँ ।’ स्रोत ब्यक्ति सट्टा शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माले भन्नुभयो, ‘फागुनको अन्तिमसाता जारी हुन थालेको संघीय शिक्षा ऐनले सट्टा शिक्षकहरुलाई समस्यामा पारेको छ ।’ स्रोत ब्यक्ति फिर्ता गर्ने निर्णय सच्याउन उहाले आग्रह गर्नुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको खाका तयार गरेको छ । संघीय संरचनामा गइसकेको राज्यको संरचनाअनुसार शिक्षालाई पनि सोही दिशामा लैजान संघीय शिक्षा ऐन, २०७५ को खाका तयार गरिएको हो । शिक्षा ऐनले स्रोत ब्यक्तिलाई पुर्नस्थापन गर्ने भनेपछि आफुहरु समस्यामा परेको अध्यक्ष शर्माले बताउनुभयो । ‘रोजगार विहिन बनाउने गरी आएको ऐन प्रति हाम्रो अस्वीकार छ, यसले सम्पुर्ण शिक्षकहरुको मर्म र भावनालाई समेट्न सक्दैन् ।’

अध्यक्ष शर्माले बताउनुभयो, ‘हाम्रो मागको सुनुवाईका लागि विभिन्न निकायहरुलाई ज्ञापनपत्र बुझाएका छौँ । माग सुनुवाई नभए आन्दोलनको कार्यक्रम सार्वजनिक गछौँ ।’

सट्टा शिक्षकहरुले माघ ८ गते देखि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । स्रोत व्यक्ति सट्टा शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माले सरकारले आफुहरुलाई बेरोजगार बनाउन लागेको भन्दै आन्दोलन गर्नुपरेको बताउनुभयो । जस अन्र्तगत माघ ८ गतेसम्म सबै स्थानिय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, माघ ८ गते पछि अल्टीमेटम दिने, धर्ना लगायतको कार्यक्रम तय हुने उहाले बताउनुभयो ।

धर्नापछि पनि माग पुरा नभए पठनपाठन बन्द गरेर चरणवद्ध आन्दोलन गर्ने कार्यक्रम रहेको छन् । यस्तै संघर्ष समितिले फागुन अन्तिम साता तिर आउने लागेको संघिय शिक्षा ऐन जारी गर्नुभन्दा अगाडी नै नेपाल भरीका सट्टा शिक्षकको राष्ट्रिय भेला गर्ने कार्यक्रम रहेको छ ।