विद्यालय पुग्दै नेपाल प्रहरी

प्रहरी विद्यालय समन्वय समिति गठन

दाङ, माघ ६ । जिल्ला प्रहरी कार्यालय दाङले सुरु गरेको प्रहरी विद्यालय समन्वय समिति गठन अभियान तीब्र बन्दै गएको छ । आपराधिक गतिविधिबाट विद्यार्थीहरुलाई बचाउन सुरु गरेको अभियानकै क्रममा आइतबार शान्ति निकेतन विद्यालय घोराहीमा समिति गठन गरिएको छ ।

Buddha International Hospital

विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षतामा भएको शिक्षक, अभिभावक, विद्यार्थीहरु भेलामा बोल्दै प्रहरी सहायक निरिक्षक तुलबहादुर विकले विद्यालयलाई आपराधिक गतिविधिमुक्त बनाउन अभियान थालेको बताउनुभयो । विद्यार्थीहरुलाई लागुऔषधबाट बचाउनु का साथै आपराधिक गतिविधिबाट बचाउनका लागि प्रहरी विद्यालय समन्वय समिति गठन गर्दै आएको भन्दै सहायक निरिक्षक बिकले प्रहरीलाई समुदायसँग जोड्नका लागि नेपाल प्रहरीले अभियान थालेको बताउनुभयो ।

Advertise with us

विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको भेलाले प्रिन्सिपल खगेश्वर पौडेलको संयोजकत्वमा ७ सदस्यीय प्रहरी विद्यालय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा सहायक प्रहरी निरिक्षक तुलबहादुर बिक रहनुभएको छ ।

त्यसैगरी समितिको सदस्यमा वसन्ती पौडेल, सन्देश केसी, सुजाता पोख्रेल, रोशनी भण्डारी, प्रदिप अधिकारी र सन्जय चौधरी रहनुभएको छ ।