तिनदिने व्यवसायिक कुखुरा पालन तालिम सुरु


देउखुरी, ६ पुस | लमहीमा व्यवसायिक कुखुरा पालन तालिम सुरु भएको छ । लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयको आयोजनमा आईतवार देखि तिन दिने व्यवसायिक कुखुरा तालिम सुरु भएको हो ।

Buddha International Hospital
Advertise with us

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले तालिमको उद्घाटन गर्दै कुखुरा पालक कृषकहरुलाई तिन दिने तालिमबाट सिकेको सिपलाई व्यवहारमा ल्याउन आग्रह गर्दै, कृषकहरुलाई विभिन्न तालिम दिदै व्यवसायिकरण बनाउने तर्क राख्नुभयो । केसीले कृषकहरुलाई व्यवसायिकरण बनाउनको निम्ती नगरपालिकाले विभिन्न शिर्षकमा तालिमको आयोजना गरेको बताउनुभयो ।


तालिम छ गते देखि आठ गते सम्म सञ्चालन हुने छ । तालिममा लमही नगरपालिका एक देखि नौ नम्बर वडाका व्यवसायिक कुखुरा पालन कृषकहरु सहभागि भएका छन् ।

तालिमको प्रशिक्षकमा लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने रहनु भएको छ । कार्यक्रमको सहजिकरण लमही नगरपालिका प्रेस संयोजक शिवु खनालले गर्नु भएको थियो ।।