अश्वारामा शैक्षिक तथा धार्मिक महोत्सव सुरु

यमकला भुसाल

Buddha International Hospital

तुलसीपुर, माघ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अश्वारा माध्यामिक विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अश्वारा माध्यामिक विद्यालय तुलसीपुर–८ अश्वारामा शनिवार देखि सुरु भएको प्राविधिक शिक्षा संचालनार्थ शैशिक तथा धार्मिक महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Advertise with us

शैक्षिक तथा धार्मिक महोत्सवले प्राविधिक शिक्षाको सपनालाई पुरा गर्न सक्ने बताउदै प्रमुख पाण्डेले त्यसका लागि सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको बताउनुभयो । ‘यो विद्यालय नभइदिएको भए म यो अवस्थामा पुग्ने थिएन,’ कक्षा एक देखि सात सम्म पढेको स्मरण गर्दै नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘म जुन अवस्थामा छु जे अवस्थामा छु त्यो सबै मावि अश्वरा स्कुलको देन हो ।’ महान कार्यलाई सफल पार्न जेजति सहयोग गर्न सकिन्छ, त्यति सहयोग गर्न नगरबासीलाई पाण्डेले आग्रह गर्नु भयो ।

दाङको भूमिलाई पवित्र बनाउन तथा फाटेको मनलाई जोडेर शैक्षिक जागरण ल्याउन महोत्सवले महोत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु आशाबादी रहेको समेत उहाँले बताउनुभयो । दाङलाई पर्यटीय र धार्मिक रुपमा विकास गर्न आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेले सत्कर्म र सत्मार्गले नै शान्त समाज निर्माण र समृद्ध नेपालको समपना पुरा गर्ने विश्वास औंल्याउनु भयो । कार्यक्रमा अन्य सहभागि वक्ताले अहिले सम्मका ठूला परिवर्तन र महान कार्यहरु सामूहिक सहकार्य र सहयोगबाट सफल भएको भन्दै भोलिका सन्तानका लागि पनि पवित्र कार्यमा सहयोग गर्न आवश्यक रहेको बताएका थिए ।

महोत्सव मूल आयोजक समारोह समितिका अध्यक्ष टेक नाथ योगिको अध्यक्षामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका उपप्रमुख माया आचार्य, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, ५ नं. प्रदेश पतञ्जली योग समितिका प्रभारी दिपक बस्याल, सोही विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने, तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसी, दुई नम्बर वडाध्यक्ष लक्ष्मण भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाह लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विभिन्न धार्मिक तथा स्वदेशगान सम्बन्धि गित र नृत्य प्रस्तु गरिएको थियो ।

एक करोड आर्थिक संकलन गर्ने उद्देश्यले संचालित महोत्सव सुरु हुुनु पुर्व विद्यालयबाट सुरु भएको ¥याली, कृष्णमन्दिर, दोघरे हुदै पाँच किलो मिटर टाढाको दुरीमा रहेको तुलसीपुर बजारसम्म पुगेर विभिन्न भाग परिक्रमा गरेर पुनः अश्वारामा पुगेर कोणसभामा परिनत भएको थियो । महोत्सव सफल पार्न आयोजना गरिएको ¥यालीको स्वागर्थ अश्वारा देखि कुष्णमन्दिरसम्म सडक छेउछाउँका स्थानीयबासीले विभिन स्थानमा कलस राखेका थिए ।