स्वास्थ्य शिविरमा ६ सय ३१ जनाको नि–शुल्क उपचार

Advertise with us


घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले आयोजना गरेको दुईदिने नि–शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शहरी स्वास्थ्य केन्द्र, नेपाल परिवार नियोजन संघ र नेशनलप्याथले सहयोगमा संचालित शिविरमा ६ सय ३१ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका हुन । शुक्रवार र शनिवार सचालित शिविरमा १ सय ९८ पुरुष र ४ सय ३२ जनाले सेवा प्राप्त गरेको नयाँ बजार स्वास्थ्य केन्द्रका प्रमुख राममणी शर्माले जानकारी दिनुभयो ।


Advertise with us
शुक्रवार संचालित शिबिरमा १ सय ९ जना महिलाको पाठेघर क्यान्सरको चेकजाँच गरिएको शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार ३४ जना सुगर,थाईराट, ३८ जनाको एच.आई.भि. २ जनाको सि.वि.सी १६ जनाको पिसाव र तीन जनाको गर्भजाँच गरिएको छ ।

Buddha International Hospital


यस्तै शनिवार ३४ जनाको सुगर,थाईराट परिक्षण,२८ जनाको सुगर,२३ जनाको सि.वि.सी,४ जनाको थाईराईट १२ जनाको सि.आर.पि परिक्षण गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो । दुईदिन सम्म संचालित शिविरमा स्त्रीरोग विशिषज्ञ डाक्टर अनुपमा शर्मा, फिजीसिएन डाक्टर प्रभात रिजाल, हाडजोर्नी बिशिषज्ञ डाक्टर बिनोद रोका, संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख राधा पौडेल,परिवार नियोजन दाङ शाखाका सिनिएर स्टाफ नर्स सिरता कुमारी तामाङ र प्रभा धितालले सेवा प्रदान गर्नु भएको थियो ।

दुई दिने स्वास्थ्य शिविरको शनिवार नै गरिएको छ । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रशासकीय प्रमुख कृष्णप्रसाद गौतमले स्वास्थ्य शिविर निरन्तर संचालन गर्नुपर्ने बताउँनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गौतमले सवै वडा स्तरमा स्वास्थ्य शिविर लैजान आबश्यक रहेको वताउँनुभयो । अस्पतालको सहयोगीका रुपमा भुमिका खेल्न आग्रह गर्दै आर्थिक रुपले विपन्न समुदायलाई ठुलो लाभ हुने उल्लेख गर्नुभयो ।

स्वास्थ्य केन्द्रको विकासका लागि जिल्ला समन्वय समितिको सहयोग गर्ने प्रतिबध्ता व्यक्त गर्दै स्वास्थ्य केन्द्र संचालनका लागि वडालाई जिम्मा दिने गरी छलफल अगाडी बढाउँने समेत बताउँनुभयो ।

स्वास्थ्य केन्द्रको भवन जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको वताउँदै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि वडा कार्यालयलाई जिम्मा दिने आफुले भुमिका खेल्ने वताउँनुभयो । त्यस अबसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको भवन वाट नागरिकलाई सेवा प्रदान गर्न सहयोग उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा डाक्टर विनोद रोक,डा.प्रभात रिजाल,जनेतना टोल विकास संस्थाका अध्यक्ष कुभ्म पून,श्रीजनसील टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद खरेल, स्वास्थ्यस्वयम सेवीका विणा खनाल, लगाएतले बोल्नु भएको थियो । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका संयोजक सुरज पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य केन्द्रका प्रमुख राममणि शर्माले गर्नु भएको थियो ।