घोराहीकी एक महिला पनि कोरोना संक्रमित युवासंगै जहाँजमा सवार

Advertise with us

दाङ, १ बैशाख | धनगढीका कोरोना संक्रमित युवासंगै एउटै जहाँजमा दाङकी एक महिला पनि रहेको पाइएको छ । घोराही १४ गोरखा टोलकी एक महिला पनि संक्रमित महिलासंग एउटै जहाँजमा आएको सुचना प्राप्त भएपछि ति महिलसहित परिवारका छ जनालाई बेलझुण्डी लैजाने तयारी थालिएको छ ।

Buddha International Hospital

घोराहीकी ति महिलाले धनगढीका युवा संक्रमितसँगै चैत १७ गते वीरगन्जबाट एउटै जहाँजमा यात्रा गरेकी थिइन् । ति महिलालाई बेलझुण्डी लैजाने तयारी गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

Advertise with us

वीरगन्जबाट कैलालीको लम्की चुहा नगरपालिका–१ स्थित आफन्तकोमा गएकी एक युवामा आजमात्रै कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । प्रहरीले त्यसपछि उनीसँगै यात्रा गरेकी दाङकी ती महिलाको पनि खोजी सुरु गरेको थियो ।