शुभकामना सहकारीको अध्यक्षमा के.सी.

दाङ, माघ ५ । शुभकामना कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको १२ औँ साधारण सभाले आदिम के.सीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा ओमबहादुर के.सी, सचिवमा जिबा भुषाल, कोषाध्यक्षमा दुर्लभ के.सी.रहेका छन् ।

Buddha International Hospital

Advertise with us

त्यसैगरी सदस्यमा गणेश बुढाथोकी, भरत केसी, सीता जिसी, बिक्रम के.सी. र ताराश्वर पोख्रेललाई चयन गरिएको छ । साधारण सभा संस्थाका अध्यक्ष धर्मबहादुर के.सी.को अध्यक्षता तथा संस्थापक अध्यक्ष कृष्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा संस्थाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्न जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सहकारी राज्यको अभिन्न अङ्ग भएकाले सहकारी क्षेत्रलाई अझ बिस्तार गर्दै लैजानुपर्ने भन्दै कृषिमुखी कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाउन कुरामा जोड दिएका थिए । कोषाध्यक्ष दुर्लभ के.सी.ले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थापक उपाध्यक्ष विष्णु थापा, साधारण सदस्य कर्ण पुन, कृष्ण वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बचत कर्ता डेरी व्यवसायी मुना अधिकारी, उत्कृष्ट कर्जा कारोबार कर्ता होटल व्यवसायी भैरव चौधरी र उत्कृष्ट कर्मचारीका रूपमा कलेक्टर खुमा भट्टलाई सम्मान पत्र प्रदान गरिएको थियो । संस्थापक सचिव आदिम के.सी.को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव जिबा भुषालले गर्नुभएको थियो ।

Advertise with us