जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार

घोराही, ५ माघ । घोराही उपमहानगरपालिका वडा नम्वर १७ क्वाडीमा जेष्ठ नागरिकहरुको लागि एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

Blog Post Ad

Blog Post Ad

घोराही उपमहानगरपालिका, वडा नम्वर १७को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र हरिद्धारको सयुक्त आयोजनामा शिविर सम्पन्न भएको थियो । शिविरमा ११६जना जेष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका थिए ।

साधारण चोटपटक लागेको, पेट दुखेको, दात दुख्ने, रक्तचाप देखी लिएर महिला सम्बन्धीका सवै प्रकारका रोगहरुको चेकजांच गरिएको हरिद्वार शहरी स्वास्थ्य केन्द्रकी प्रमुख देवा योगीले जानकारी दिनुभयो ।

घोराही १७ का वडा अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवम उपमहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

शहरी स्वास्थ्य केन्द्रकी प्रमुख देवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेवन्त पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *