मेयर कपमा वडा नम्वर १० र ११ विजयी

घोराहीमा जारी प्रथम मेयरकप प्रतियोगिताको दोस्रो दिन वडा नम्वर १० र ११ विजयी भएका छन । शनिवार विहान ८ बजे भएको खेलमा वडा नम्बर ११ ले वडा नम्बर १ लाई ० को विरुद्ध २ गोलले हराएर वडा नम्बर ११ विजयी भएको थियो ।

Buddha International Hospital

Advertise with us

खेलमा वडा नम्वर ११का ११ नम्वरका जर्सि लगाएका अर्जुन बुढा खेलको म्यान अफ ड म्याच घोषित भएका थिए । वुढाले राहुल फेन्सि स्टोरबाट एक थान भेष्ट पाएका थिए । यस्तै शनिवार दिउसो भएको खेलमा वडा नम्बर १० ले वडा नम्बर २ लाई ० को विरुद्ध २ गोल प्रहार गर्दै वडा नम्बर १० फुटवल टिम विजयी भएको छ ।

उक्त खेलमा म्यान अफ ड म्याच वडा नम्बर १० का जर्सि नम्बर २२ आर्यन बस्नेत भएक थिए । उनले राहुल फेन्सि स्टोर घोराहीबाट एक थान भेष्ट पाएका थिए ।

खेल अवधिभर भरतपुर खेलमैदानमा रोल्पाली समाज सेवा दाङ र नेपाल आमा समुह सौडियारबाट २ वटा एम्वुलेन्स मैदानमा खटेका थिए । आइतवार वडा नम्वर १३ र वडा नम्वर १९ वडा बीच हुदैछ ।

Advertise with us