राप्ती क्लव दाङमा नयाँ नेतृत्व

Advertise with us

दाङ, मङ्सिर । राप्ती क्लव दाङको प्रथम अविधेशनले बसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ ।

Buddha International Hospital


Advertise with us
त्यसैगरी सदस्यहरुमा सन्देश श्रेष्ठ, विमल श्रेष्ठ, गोपाल श्रेष्ठ, देबेन्द्रसिंह ठकुरी, भिमसेन केसी, लक्ष्मी नकर्मी र रोशनी थापा चयन भएका छन । अधिवेशनको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उत्घाटन गरेका थिए ।


राप्ती क्लव एउटा युवाहरुको संस्था हो । गत भदौ १९ गते स्थापना गरिएको राप्ती क्लवले जिल्लाको सामाजिक, सास्कृतिक, आर्थिक र खेलकुदको क्षेत्रमा काम गर्ने क्लवका सचिव श्यामकुमार गिरीले बताए । उनका अनुसार सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले नै क्लव समाज कल्याण मन्त्रायल, जिल्ला प्रसासन कार्यालय र राजश्व कार्यालयमा आधिकारीक रुपमा दर्ता भैसकेको छ ।