काँग्रेस प्रवक्ता शर्मा दाङ आउँदै

Advertise with us

दाङ, माघ  । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दाङ आउनु हुने भएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ को आयोजनामा हुने क्षेत्रीय भेलामा सहभागी हुनकालागी काग्रेसका प्रवक्ता शर्मा दाङ आउन लाग्नुभएको हो । माघ ८ गते आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्न उहाँ दाङ आउने क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

क्षेत्रीय समितिको बैठकले क्षेत्रिय भेला गर्ने निर्णय गरेको हो । विहान ११ बजेदेखी घोराही उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्बोधन गर्नकालागी प्रतिष्ठान प्रशासनलाई अनुरोध गरेको छ ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल समितिले नियुक्त गरेका कर्मचारी र करार सेवामा रहेका कर्मचारी एवं विशिषज्ञ डाक्टरहरूलाई अवकाश दिने कार्य प्रतिष्ठान प्रशासनले गरेको हुदाँ उक्त निर्णयमा पुनर्विचार गरि पुनःबहाली गर्न क्षेत्रीय समितिको बैठकले अनुरोध गरेको छ ।

साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रर्याप्त बजेटको व्यवस्था गर्न पनि बैठकले नेपाल सरकारलाई अनुरोध गरेको छ । यस्तै स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति गम्भीर हुन सरकारलाई अनुरोध गर्दै केसीको जिवनरक्षाको माग गरेको छ ।