पोल्ट्री महोत्सवको शोभायात्रा उपसमिति गठन

दाङ, माघ  । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मूख्य आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी– २०७५ को तयारीका लागि शोभायात्रा उपसमिति गठन गरिएको छ ।

Buddha International Hospital

Advertise with us

प्रकाशसिंह पुनको संयोजकत्वमा शुक्रवार १५ सदस्यीय शोभायात्रा व्यवस्थापन उपसमिति गठन भएको हो । जसको सहसंयोजकमा सुरज बुढा र सल्लाहकारमा धनपति शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहनसिंह घर्ती, चुर्ण पुन मगर, देवबहादुर पुन, हरिलाल घर्ती, राजकुमार गुप्ता, भक्तबहादुर डाँगी, हरिराम घर्ती, अजित मनसुरी, मनबहादुर पुन, दिपेश बुढा, धनसरी रोका, विशाल पोख्रेल र मणिषा पुन रहेका छन् ।

‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवको तयारी तीब्र गतिमा भइरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार दाङ जिल्ला तथा ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा निमन्त्रणा पत्र पठाउने र प्रचार प्रचार गर्ने काम भइरहेको छ ।

घोराहीको कृषि समाग्री कम्पनीको प्रागंणमा लाग्ने महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि १ सय स्टल रहनेछन् । महोत्सव अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।

Advertise with us