राजधानीको ‘लविङ’ भैरहेको छ ः ओली

Advertise with us

दाङ, माघ । दाङमै पहिलो पटक सञ्चालनमा आएको सुविधा सम्पन्न फिल्म हलको शुक्रबार उद्घाटन गरिएको छ । औपचारिक कार्यक्रम गरेर घोराहीको तुलसीपुर चौक स्थित मन काशी सिनेप्लेक्सको राष्ट्रिय सभा सदस्य कोमल ओलीले उद्घाटन गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

उद्घाटन कार्यक्रममा वोल्दै सांसद ओलीले दाङलाई राजधानी बनाउन आफ्नो तर्फवाट लविङ गरीरहेको भन्दै राजनितिक भित्र कुटनितिक गरेर मात्र दाङमा राजधानी ल्याउन सकिने बताउनुभयो । राजधानीका लागि चर्का–चर्का कुरा गरेर वा गालीगलौज गरेर मात्र राजधानी दाङ नआउने उहाले बताउनुभयो । आफुहरुको जिम्मेवारी नभएको भन्दै प्रदेशको जिम्मेवारीमा रहेको राजधानी छनौटको विषयमा आफुहरुले काम गरिरहेको बताउनुभयो ।

उहाले राजधानीका लागि दाङका जनप्रतिनिधि, नेकपाका केन्द्रिय नेताहरु सबै लागि परेको सुनाउँदै नेताहरु त्यती धेरै अन्याय नगर्नेमा आफु विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो । दङ्गालीले आफुले जिताएका जनप्रतिनिधिमा विश्वास गर्न आग्रह गर्दै जनप्रतिनिधिको भुमिका वलियो बनाउने गरी सबैले साथ दिनुपर्ने सांसद ओलीले बताउनुभयो ।

उहाले दाङमा अत्याधुनिक र सुविधासम्पन्न सिनेमाहल सञ्चालनमा आउनु दङ्गालीका लागि खुशीको कुरा भएको यस्ता उच्च प्रविधियुक्त सिनेमा हल खुल्नुले सुचनाको आदानप्रदानमा सहजता ल्याउने पनि बताउनुभयो । उहाले मनोरञ्जनको पुर्वाधार निर्माणमा यो नयाँ सिनेमा हलले नयाँ इट्टा थपेको भन्दै दाङको विकास र समृद्धिको महत्वपुर्ण आधार भएको कुरा जोड दिनुभयो । उहाले नयाँ सिनेमा हल निर्माणले उद्योग ब्यवसायलाई माथि उठाउन धेरै ठुलो भुमिका खेल्ने पनि बताउनुभयो ।

उहाले पारीवारीक शान्त वातावरण फिल्म हेर्ने ब्यक्तिको इच्छालाई यो नयाँ सिनेमा हल निर्माणले पुरा गरी दिएकोमा सिनेमा हल बनाउने घर परीवार, व्यावसायलाई धन्यवाद दिनुभयो ।

करीब तीन करोडको लगानीमा सञ्चालन गरिएको अत्याधुनिक सिनेप्लेक्समा पारिवारिक, स्वच्छ हाइजिनिक र सुविधासम्मन वातावरणमा सिनेमा हेर्न सकिनेछ । सपिङ मल मनटावर एवं मनकाशी सिनेका सञ्चालक सुनिल राजभण्डारीका अनुसार सिनेप्लेक्समा अध्याधुनिक साउण्ड स्टिम ७.१, डिजिटल एचडी प्रोजेक्टर जस्ता नया प्रविधिहरु प्रयोग भएकाले उच्च क्वालिटीमा नेपाली, हिन्दी र अंग्रेजी सिनेमाहरु हेर्न सकिनेछ ।

सिने कम्प्लेक्समा प्रयोग भएका प्रविधिहरु काठमाडौंका सिनेप्लेक्सहरुमा भन्दा पनि नया भएको उहाँको दाबी छ । त्यस्तै एसी जडित, आरामदायी कुर्सी र सुविधा सम्पन्न क्याफे भएकाले आरामदायी वातावरणमा सिनेमाको भरपुर मनोरञ्जन लिन सकिने छ भने व्यवस्थित पार्किङका लागि अन्डरग्राउण्ड पार्किङको पनि सुविधा छ ।

सिने कम्प्लेक्समा बिहान ११, दिउँसो ३ र बेलुकी ६ बजे गरी दिनमा तीन शो चल्ने छन् भने शनिवार बिहान ८ बजेको शोसहित दिनमा चार शो चल्नेछ । एक सय ५० जना सिट संख्या रहेको सिने कम्प्लेक्सको शुल्क दुई सय ५० र तीन सय रुपैया रहेको छ । शनिवार चल्ने बिहानको शोमा भने विद्यार्थीहरुलाई आइडी कार्डमार्फत टिकटमा ५० प्रतिशत डिस्काउन्ट दिइनेछ । टिकट फोनका माध्यमबाट पनि बुकिङ गर्न सकिने सञ्चालक राजभण्डारी बताउनुभयो ।

आधुनिकता र विकास क्रमसँगै दाङमा पनि स्वच्छ वातावरणमा उच्च गुणस्तरीय प्रविधिमार्फत सिनेमाको मनोरञ्जनका लागि सुविधासम्पन्न सिनेप्लेक्स सञ्चालनमा ल्याइएको हो । त्यस्तै सिनेप्लेक्स पर्यटकीय हिसाबले पनि टेवा पु¥याउने उहाले बताउनुभयो ।

ओम जैशी, सुनिल राजभण्डारी र ललित श्रेष्ठले संयुक्त रुपमा सिनेप्लेक्स संञ्चालन गर्नुभएको हो । कार्यक्रम हल सञ्चालक ओम जैशीको अध्यक्षतामा भएको थियो । सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतले बोल्नु भएकोथियो । सञ्चालक ललित श्रेष्ठको स्वागत मन्तब्यवाट सुरु भएको उदघाटन कार्यक्रमको सञ्चालन पत्रकार नविन अभिलाषीले गर्नु भएको थियो ।