लमहीमा महोत्सव शुरु

राजधानीको प्रकृया शुरु भयो ः सभामुख घर्ती

Advertise with us

 

Buddha International Hospital

दिवाकर पोख्रेल

Advertise with us

देउखुरी, माघ ४ । पाँच नम्बर पाँचका सभामुख पुर्णवहादुर घर्तीले प्रदेश सभामा राजधानी सम्बन्धी विधेयकले औपचारीक प्रवेस पाएको बताउनु भएको छ । देउखुरी उद्योग बाणिज्य संघले दाङको लमहीमा आयोजना गरेको पाँचौ ब्यापारिक महोत्सवको उदघाटन गर्दै सभामुख घतिले राजधानी प्रदेशसभाबाट प्रकृयागत रुपमा निर्णय हुने भन्दै सो प्रकृयाले औपचारिक प्रवेस पाएसंगै छलफल राय सुझाव लिन काम हुने जानकारी दिनुभएको हो ।

अब केही दिनमा प्रदेशसभा सदस्यहरु जनताको राय सुझाव लिनको लागि गाउँ गाउँमा आउने जानकारी दिदै सभामुख घर्तिले जनतालाई आफ्नो सल्लाह सुझाव प्रदेशसभा सदस्य मार्फत दिन पनि सुझाव दिनुभयो । प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको भन्दै जनतालाई संयम र धैर्य भएर मात्रै राजधानीको विषयमा वहस, छलफल केद्रित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभामुख घर्तिदले प्रदेशको पहिलो प्राथमिकता कानुन निर्माणमा केन्द्रित रहेको जानकारी दिनुभयो । प्रदेशसभाबाट अहिले सम्म पहिलो अधिबेसनबाट १५ बिधेयक छलफलमा प्रस्तुत गरी १४ वटा विधेयक पारीत भएको बताउनुभयो ।

संसदमा सार्वजनिक महत्वकै विषयमा छलफल हुने स्पस्ट पार्दै उहाँले सार्वजनिक महत्वको आफ्ना विषय प्रवेस नपाएको महशुस भए तीन जना प्रदेश साँसद र एक सय जना प्रदेशका नागरिकको हस्ताक्षर गराएर पनि विधेयक रुपमा दर्ता गर्ने व्यवस्था रहेको बताउनुभयो । महोत्सवमा प्रदेश साँसद रेवतीरमण शर्मा, इन्द्रजित थारु, दामा शर्मा लगायतका बत्ताहरुले प्रदेश सरकारले गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

लमही ब्यापारीक महोत्सवको शुक्रबार औपचारिक उद्घाटन भएको छ । महोत्सवको उदघाटन प्रदेशसभा सभामुद पुर्णवहादुर घर्तिले गर्नुभयो । महोत्सवको उदघाटन पुर्व विभिन्न जातजातीका कला संस्कृति सहितको विशाल ¥यालीलले लमही बजारको परिक्रयमा गरि कलस यात्रा गरिएको थियो । कलस यात्रामा स्थानीय थारु, अवधि, नेवार, मगर समुदाय संस्कृति सहित स्थानीइ सहभागि भएका थिए । कलस यात्रा पछि महोत्सव स्थल अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्कमा पुगि औपचारिक कार्यक्रम शुरु भएको थियो ।

शुक्रबार शुरु भएको देउखुरी महोत्सवमा दुइ सय ६९ वटा स्टल राखिएको छ । स्थानीय उत्पादन विशेष जोड दिइएको महोत्सवमा आज शनिबार बिशेष आकर्षकका रुपमा कोमल खत्री र भुमिका गिरीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।