नेपाल कम्युनिष्ट पार्टी जनमैत्री छ : सांसद चाैधरी

शिवु खनाल

देउखुरी, चैत्र २० | प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीले सर्जिकल मास्क, ग्वलाेप र सेनिटाईजर निशुल्क हस्तान्तरण गर्नु भएको छ । प्रतिनिधिसभा सदस्य चाैधरीले अाफ्ना पार्टीका कार्यकर्ता सहित दाङ निर्वाचन क्षेत्र अन्तरगत पुगि विभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुख र स्वास्थ्यकर्मीलाई काेराेना भाइरस काेभिड १९ काे जाेखिमबाट बच्न र बचाउनकाे लागि सर्जिकल मास्क, ग्वलाेप र सेनिटाईजर निशुल्क वितरण गर्नु भएको हाे ।

DG Mobile Dang

प्रतिनिधिसभा सदस्य चाैधरीले दाङको लमही नगरपालिका क्षेत्रभित्रका अति बिपन्न पन्ध्र घर परिवारलाई खाद्यान्न राहात स्वरूप बितरण गर्नु भएको हाे । उहाँले भन्नुभयो, `काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट हामी सबै बाच्नु र बचाउनु तर्फ सबैकाे ध्यानाकर्षण हुन अावश्यक छ । मैले मेराे निर्वाचन क्षेत्रमा मात्रै नभएर नेपाल अधिराज्य भरी के गर्नु पर्छु, मेराे प्रतिवद्वता छ ।´

`यस्तो विपद्काे बेला हामी सबैले लकडाउनकाे पालना गर्नै पर्छ । खाद्यान्नकाे अभाव कसैलाई हुदैन । नेपाल कम्युनिष्ट पार्टी सधैं जनता मैत्री हुन्छ, प्रतिनिधिसभा सदस्य चाैधरीले भन्नुभयो ।´