दोश्रो मेयर कप रनिङ फुटवल प्रतियोगिता सुरु,


दाङ । घोराही उपमहानगरपालिका अन्तर वडास्तरीय दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रवार एक कार्यक्रमका उद्घाटन गरिएको छ ।


घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद एवं शिक्षाविद नारायण सिंङ गुरुङले प्रतियोगिताको उदघाटन गरेका हुन । प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको खेलकुद विकासका लागि प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । स्वास्थ्यका लागि महत्वपुर्ण रहेको प्रतियोगिताले युवाहरुलाई अनुशासीत बनाउन समेत भुमिका खेल्ने बताएका थिए ।

Blog Post Ad

उपमेयर सिता न्यौपानेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठलगायतका बक्ताहरुले प्रतियोगिताको सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad

प्रतियोगिता घोराही उपमहानगरपालिकाका १९ वडाका फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुने फुटवल टिमले नगद ५० हजारसहित मेडल,ट्रर्फि र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले गरेका थिए ।

उदघाटन खेलमा वडा नं. ७ बिजयी
यसैविच प्रतियोगिताको उदघाटन खेलमा घोराही उपमहानगरपालिका वडा नं. ७ बिजयी भएको छ । वडा नं. ७ र १६ विच भएको खेलमा निर्धारित समयमा दुवै टिमवाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटवाट वडा नं. ७ विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *