राहत स्वरुप एक लाख २५ हजारको चेक हस्तान्त्रण

शिवु खनाल

देउखुरी, चैत्र २० | नेपाल निर्माण तथा समर्वद्व श्रमिक संघ काउन दाङ जिल्ला कार्य समिति लमहीले लमही नगरपालिका विपद् व्यवस्थापन समिति कोषलाइ एक लाख २५ हजारको चेक हस्तान्त्रण गरेको छ । विहिवार लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासे, संस्थाका अध्यक्ष जगतराम चौधरी, कोषाध्यक्ष शिवप्रसाद चौधरी, उपाध्यक्ष गुरूप्रसाद चौधरी, केन्द्रीय सदस्य विरबल चौधरी, सदस्य प्रेम चौधरी, कार्यालय चौधरी पवन चौधरीको संयुक्त सहभागितामा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ हस्तान्त्रण गरिएको हो ।

DG Mobile Dang

कोरोना भाइरस (कोभिड १९) को संक्रमणले गर्दा नेपाल सरकारले गरेको लकडाउनले गर्दा श्रमिकहरूको घरमा खाद्यान्नको अभाव हुन थालेपछि हामीले राहात स्वरुप नगर एक लाख २५ हजारको चेक हस्तान्त्रण गरेका हौँ, अध्यक्ष जगतपाल चौधरीले भन्नुभयो । उहाँले भन्नुभयो,–। ‘देउखुरीका चारवटा पालिकालाई नगर चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विहिवार लमही नगरपालिकालाइ एक लाख २५ हजार र राप्ती गाउँपालिकालाइ एक लाखको चेक हस्तान्त्रण गरेका छौ । शुक्रावार गढवा गाउँपालिका र राजपुर गाउँपालिकालाइ गरि दुइ लाखको चके हस्तान्त्रण गर्ने कार्यक्रम रहेको छ ।’ यस्तै यसभन्दा पहिला सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाका श्रमितहरूलाई ( भुकम्प पिडित) १ लाख ५ हजार सहयोग प्रदान गरिएको जानकारी गराउनुहुदै, देउखुरी भरी जनताको विचमा गएर श्रमिकहरुलाइ ३५ सय निशुल्क मास्क वितरण गरिएको बताउनुभयो ।।