गढवाको मनिकापुुरमा आगलागी : ३ घर,दुुइ गोठ,एक पसल र दुुई भान्साघर खरानी

शिबराज/ओमप्रकाश

गढवा २० चैत्र । गढवा गाउँपालिका वडा नं. ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजे एक्कासी आगलागि भएको छ । आगलागिबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।

DG Mobile Dang


आगलागिबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर,भक्त बहादुुर सुुनारको गोठ,कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले बताएका छन् ।


आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेको र पछि लमही नगरपालिकाको दमकल पनि घटनास्थलमा आइ आगो नियन्त्रणमा लिएको थियो । दुुवै दमकलमा पानी सकिएपछि पुुन राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पुुर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले बताउनुुभयो ।

आगलागिबाट क्षतिको बिवरण भने यकिन भएको छैन । प्रहरी कार्यालयको मुुचुुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै बिद्युुत्तको ट्रान्फार्मर रहेको र सो को फ्युुजबाट निस्किीएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए ।