चट्याङ लागेर एक जनाको मृत्यु, ८ घाइते

रुकुमपश्चिम, २० चैत्र | चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । गएराती पौने ९ बजे परेको चट्याङले अन्य ८ जना घाइते भएका छन् । चट्याङबाट त्रिवेणी ४ स्थित मामाघर आएकी १३ बर्षीया निर्मला खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

गंगाराम खड्का र प्रकाश बिकको घरमा एकैसाथ चट्याङ परेको थियो । मृतक खत्रीको घर रोल्पाको गंगादेव गाउँपालिका हो । चट्याङ लागेर प्रकाशकी २० बर्षीया श्रीमती अनिता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

DG Mobile Dang

घाइते हुनेमा ११ बर्षीया तुलषा खड्का, १७ बर्षीया सुशीला खड्का, २२ वर्षीया पबित्रा खड्का रहनुभएको छ । ५० बर्षीया धनमाया खड्का, ६० बर्षीया सीता ओली, ४ वर्षीय केशव खड्का र २८ बर्षीया कपिल खड्का पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।