लकडाउनका कारण दाङमा रगतको अभाव

दाङ, २० चैत्र | चैत्र ११ गतेदेखिको लकडाउनका कारण दाङमा रगतको अभाव सिर्जना हुन थालेको छ । नियमित रुपमा ब्यक्ति तथा संघसस्थाले रक्तदान गर्ने प्रक्रिया रोकीएपछि रगतको अभाव हुन थालेको हो ।

बिरामीका लागि आबश्यक पर्ने रगतको खपत हुने तर रक्तदान गर्नेको संख्या नभएपछि दाङमा समस्या भएको छ । लकडाउनको समयमा रक्तदातालाई गुहार्न नसकिएको रक्त सञ्चार केन्द्र दाङले जनाएको छ ।

केन्द्र मार्फत् डाइलासिस, एनिमिया, सिकलसेल तथा प्रसुतीका लागि रगत खपत भइरहेको छ । दैनिक रगत खपत हुने तर, रक्तदानका कार्यक्रम नहुदा समस्या हुन थालेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले जानकारी दिनुभएको छ ।

DG Mobile Dang

रगतको अभाव हुन थालेपछि यसको ब्यबस्थापनका लागि छलफल जारी रहेको प्रमुख न्यौपानेले जानकारी दिनुभएको छ । रगत अभाव हुन नदिनका लागि मोबाइल गाडीको प्रयोग गरेर संकलन गर्ने तयारी भइरहेको छ ।

मोबाइल गाडी मार्फत् रक्तदातासम्म पुगेर रगत संकलन गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय दाङले रगत संकलनका लागि गाडीलाई पास दिने जनाएको छ ।