दाङ कारागारको अवस्था, क्षमता ५० कैदीबन्दी २७४


रीता लामा
घोराही, ४ माघ । दाङको घोराहीमा एउटा कारागार छ । जसलाई ससत्र प्रहरी बलले सुरक्षा दिइरहेको छ । कारागारको क्षमता ५० जनाको छ । तर कारागारमा २७४ जना कैदी बन्दी अटाएका छन ।

Advertise with us


कारागारका सुचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका बन्दी १६६ र सजाय नतोकिएका कैदी १०८ जना छन । घोराही कारागारमा ठाँउ अभावको कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमता भन्दा पाँच गुणा धेरै कैदी÷बन्दी बस्न बाध्य छन ।

Buddha International Hospital


कारागारका प्रमुख(जेलर) पर्साराम भुसाल जाडोमा भन्दा पनि गर्मी मौषममा कैदी÷बन्दीलाई बस्न तथा सुत्नको लागि समस्या हुने गरेको बताउछन । ‘कैदी÷बन्दीको लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाट दुइ लाइन बनाइएको छ ।’ उनँले भने ‘कैदी÷बन्दी कै लागि भनेर भान्सा कोठा र कोठा बाहिरको खालि ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइएको छ ।’ तर पनि उनीहरु अटाउन मुस्किल परिरहेको छन । अव खाट माथि खाट जोडेर पनि सुत्नको लागि खाट बनाउने काम गरिरहेका उनले बताए ।


कारागार प्रमुख भुसाल यहाँ धेरै कैदी÷बन्दी भए पछि उनीहरुलाई अनेत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भए पछि उनीहरु अनेत्र जान सकेका छैनन । कहिले काही त अदालतले कैदको समय नतोकेर धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिदा ह्वात्तै कैदीहरु थपिदा कारगारलाई उनीहरुको खानपान र सुत्नको लागि समस्या हुने गरेको छ ।


दाङको घोराहीमा २०५८ सालमा कारागारको भवन बनेको थियो । कारागारका सुचना अधिकृत रिजालका अनुसार क्षमता भन्दा धेरै कैदी बन्दी भए पनि उनीहरुको व्यवस्थापनको लागि आफुहरुले सुधारको प्रयास थालेको बताउछन । हाल त्यहाँ कैदी÷बन्दीको लागि डिपबोरिङबाट खानेपानीको व्यवस्था गरिएको छ भने उनीहरुको नियमित स्वास्थ्य जाँच समेत हुने गरेको छ । त्यस्तै धेरै कैदी÷बन्दी हुदाँ दुइ वटा भाँन्छामा खाना पकाउनुपर्ने अवस्था रहेको छ ।

सुचना अधिकृत रिजालका अनुसार कैदी÷बन्दीको स्वास्थ्य सुधारको लागि फुलटवल, भलिवल, बास्केटवल, टिटी जस्ता खेलकुदका सामाग्री व्यवस्था गरिएको छ भने जिल्ला र केन्द्रबाट निस्कने सबै पत्रपत्रिका एमव पुस्तकालयको व्यवस्था गरिएको छ । उहाँका अनुसार कारागारको नियम अनुसार आइतवार, मंगलवार र विहिवार आफन्तसँग भेटघाटको लागि समय दिइएको छ भने अन्यबार आफन्तसँग फोनमा कुरा गर्न पाउछन ।

कारगारका जेलर भुसाल कारागार भित्रका कैदी÷बन्दीले फर्निचर, मुडा बनाउने, गलैचा, ढाकाटोपि बनाउने काम गरेर पनि मनग्य आम्दानी गरिरहेको छन । हाल त्यहाँका केही कैदी÷बन्दीहरुले काठबाट निर्माण हुने टेवुल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन ।

कारागारमा शान्ती समाजको अनुगमन
यसैबीच मानव अधिकारको क्षेत्रमा काम गरिरहेको सस्था मानव अधिकार एवम शान्ति समाज दाङले घोराहीमा रहेको कारागारको अवस्था अनुगमन गरेको छ । शान्ती समाजका केन्द्रिय महासचिव एवम जिल्ला अध्यक्ष शरद रेग्मी तथा पत्रकारहरुको टोलीले कारागारको अवस्था अनुगमन गरेको हो । जसमा कैदी बन्दीको संख्या, खानेपानी, पुस्तकालय, खेलकुदको सामाग्री, आफन्तसँगको भेटघाटको अवस्था लगायतको विषयमा सुचना अधिकृत योगन्द्र रिजालसँग बुझेको थियो ।

त्यस्तै अनुगमन टोलीले कारागार भित्र समेत प्रवेश गरेर त्यहाँको वस्तुस्थिती अनुगमन गरेको थियो । अनगुमगन पछि प्रतिक्रिया दिदै शान्ती समाजका जिल्ला अध्यक्ष शरद रेग्मीले कारागारको ठुला दुइ कोठामा सबै कैदी÷बन्दी राखिएको हुदाँ उनीहरुलाई बस्नको समस्या भएको, खानेपानी र सरसफाईको अवस्था एकदमै नाजुक रहेको जानकारी दिए ।

यस्तै कैदी÷बन्दीलाई प्रयाप्त खेलकुदका सामाग्री र पुस्तकालयको अभाव रहेको हुदाँ त्यसको चाडो व्यवस्थापन हुनुपर्ने बताए ।