बेटी सम्मेनलबारे प्रदेश स्तरिय छलफल

Advertise with us

घोराही,  माघ । प्रदेश नम्वर १को उदयपुरमा आउदो माघ १८, १९ र २० गते हुन थालेको प्रथम राष्ट्रिय बेटी सम्मेलन बारे विहिवार घोराहीमा छलफल गरिएको छ ।

Buddha International Hospital


Advertise with us
मुलधार महिला सेवा केन्द्रको आयोजनामा हुन लागेको उक्तसम्मेनलबाट प्रदेश नम्वर पाँच अन्र्तगत घोराहीमा उक्त कार्यक्रम बारे छलफल गरिएको छ । केन्द्रकी अध्यक्ष नजवु खानको अध्यक्षता एवम जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा अध्यक्ष खानले ‘सहन नपरोस हिंसा र दुव्र्यवहार स्वास्थ्य र शिक्षालाई बनाऔ चेलिवेटि ससक्तिकरणको हतियार’ भन्ने मुल नाराको साथ हुन लागेको सम्मेनलमा विशेषगरि महिलाहरुलाई निशुल्क सेनिटरी प्याड वितरणको लागि माग गरिने छ ।

कार्यक्रममा मानव अधिकार संजाल दाङका अध्यक्ष केशवकुमार शर्मा, महिला मानव अधिकार रक्षकहरुको संजालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, अधिकारकर्मी सुसिला पौडेल, इश्वरी थापा, देवा डागी, कृष्णा आचार्य, साजिदा सिद्धिकी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण अनिता पोखरेलले गरेकी थिइन ।