महायज्ञ शुरु

Advertise with us

घोराही, माघ  । बराहक्षेत्र मावि सेवार वनगाउ विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि घोराहीमा महायज्ञ सुरु गरिएको छ । बिद्यालयको आयोजनामा श्रीमद्भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव सुरु भएको हो ।

Buddha International Hospital

Advertise with us

बिहिवार महायज्ञको प्रदेश सभा सांसद् अमरबहादुर डाँगीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै डाँगीले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञले भूमिका खेल्ने बताउनुभयो । आर्थिक अभावका कारण विद्यालयको चौतर्फी विकास हुन नसकेको बताउनुभयो । ‘विद्यालयको जुन गतीमा विकास हुनुपर्ने थियो, त्यसो हुन सकेन, आर्थिक आम्दानीको स्रोत अभावका कारण यस्तो समस्या भएको हो’ उहाँले भन्नुभयो ।

जसका लागि महायज्ञको भूमिका बलियो हुने बताउनुभयो । नेपालका ठुला ठुला विकासका काम पनि महायत्रवाट भएको भन्दै उहाँले सामुदायीक विद्यालयको विकासको लागि पनि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सामुदायीक विद्यालय सुधारक लागि समुदायलेनै प्रयास गर्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले समृद्धिका लागि शिक्षाको विकासको विकल्प नभएको बताउनुभयो ।

नेपालका करिव ८० प्रतिशत सामुदायीक विद्यालय भएको भन्दै ती विद्यालय राज्यको सम्पत्तीका रुपमा रहेको बताउनुभयो । साुदायीक विद्यालयको शैक्षिण स्तर खस्कदो भएको भन्दै अभिभावकको आर्कषण पुग्न नसकेको बताउनुभयो । धनी व्यक्तिका छोराछोरीले संस्थागत विद्यालयमा र गरिवका छोराछोरीले सामुदायीक विद्यालयमा पठनपाठन गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भनाई राख्नुभयो । नेपालको अवस्था अनुसार विकासका लागि सामुदायीक विद्यालयको शैक्षिण गुणस्तर सुधार गर्न आवश्यक भएको बताउनुभयो । नेपालको समृद्धिका कुरा सामुदायीक विद्यालयको शैक्षिक सुधारले पुरा गर्ने भन्दै उहाँले शैक्षिक विकासनै सबैको प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको थियो ।

यसका साथै व्यवहारिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दे प्राविधिक पढाई संचालनका लागि सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । नेपाल कृषि प्रधान देश भनिएता पनि कृषिमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो । नाम कृषि प्रधान आवश्यक खाद्यान्न विदेशवाट ल्याउनुपर्ने अवस्था भएको बताउनुभयो । यहाँको माटो सुहाउदो शिक्षा प्रदान गरी प्रयोग गर्नुपर्ने बताउनुभयो । डिग्री होल्डरहरु रोजगारको अभावमा विदेश प्लायन हुनपर्ने स्थितिको अन्त्य आवश्यकतामा जोड दिनुभयो ।

महोत्सव मुल आयोजक समितिकी संयोजक विमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अशिक्षाले मुलुकलाई गरिवि तिर धकेल्ने बताउनुभयो । शिक्षाको अभावमा समृद्धि हाँसील गर्न नसकिने बताउनुभयो । व्यवहारिक शिक्षा नहुँदा लाखौ युवाहरु बिदेशिने क्रम बढेको भन्दै उहाँले देशभर गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षाको अभियान संचालन गर्नपर्ने बताउनुभयो ।

कार्यक्रममा वोल्दै बिद्यालयकी प्रधानाध्यापक वाल्मी केसीले विद्यालयमा दुर्गम तथा विपन्न वर्गका बिद्यार्थीहरु अध्यनका लागि आउने भएकाले विद्यालयको चौतर्फी विकासको आवश्यकता औल्याउनुभयो । सम्पन्न व्यक्तिका छोराछोरी संस्थागत विद्यालयमा जाने गरेको भन्दै विपन्नका वालवालिकाले अध्ययन गर्ने विद्यालयको सुधारका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । १७ सालमा स्थापना भएको विद्यालयको स्थिति कमजोर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख वाचक वाल योगेश्वर महाराज, राष्ट्रिय प्रजातन्त्र पाटीका उपाध्यक्ष अजमन अली सिद्धिकी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पद्यमोदयका प्रअ कृष्णराज डिसी लगाएतका वोल्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघका उपाध्यक्ष लिला शाह तथा कोषाध्यक्ष आरके शितलले गर्नुभएको थियो । महायज्ञ उद्घाटनका दिन विभिन्न व्यक्तिहरुले दानको घोषना गरेका छन् ।

जसमा संयोजक योगीले एक लाख १० हजार पाँच सय पाँच, निर्देशक डा. अर्जुन बुढाथोकीले एक लाख ११ हजार एक सय ११, आर्थिक संयोजक भुपाल गिरीले ३१ हजार एक सय १५, प्रअ वाल्मि केसीले ३१ हजार एक सय १५, बिष्णु प्रसाद भारतीले २५ हजार पाँच सय ५५, साजिदा सिद्धिकीले २५ हजार पाँच सय २५, रुपैँया दान गर्नुभएको छ ।