समर लभका जोडी दाङमा

घोराही, माघ ३ । चलचित्र समर लभका जोडी आफ्नो युनिट सहित दाङ आईपुगेका छन । सुबिन भट्रराईद्वारा लिखित समर लभ उपन्यासमा आधारित चलचित्र समर लभको प्रचार प्रसारका लागि युनिट दाङ आईपुगेको निर्माता चेतन कोइरालाले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

यही माघ २५ गते रिलिज हुन लागेको चलचित्र समर लभले देश व्यापीरुपमा प्रचारका लागि हिंडेको र चलचित्र उपन्यास भन्दा राम्रो बनेको नायिका रेवती खत्रीले बताउनुभयो । बिगत तीन बर्षदेखी यस चलचित्रको लागि परिश्रम गरेको नायक आशिष पियाले जानकारी दिनुभयो ।

चलचित्र समर लभ सोचेको भन्दा राम्रो र दर्शकहरुले अत्याधिक रुचाउने चलचित्र बनेको उहाले बताउनुभयो । चलचित्र निर्माता चेतन कोइरालाको अध्यक्षतामा र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख अतिथ्यता रहेको थियो ।

कलाकार डा. लोकराज पराजुलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार नबिन अभिलाषीले गर्नु भएको थियो ।