इटालीको हस्पिटल भित्रका दर्दनाक तस्बिरहरु

एजेन्सी । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मंगलबार यो समचार तयार पारिन्जेलसम्म १६ हजार ५०० व्यक्तिको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ८१ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगबाट ६ हजार ७७ जना व्यक्तिको मृत्यु भएको छ । हाल ६४ हजार जना सङक्रमित रहेका छन् । इटालीमा कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गराइरहेको केही दृश्यहरु सामाजिकमार्फत बाहिर आएका छन् । इटालीको अवस्था दर्दनाक रहेको छ । डाक्टरहरु रातदिन एक गरेर बिरामीहरुको उपचार गराइरहेका छन् ।

DG Mobile Dang