सुविधा सम्पन्न फिल्म हल सञ्चालनमा

दाङ, माघ ३ । दाङको घोराहीमा सुविधासम्पन्न फिल्म हल सञ्चालनमा आएको छ । घोराहीको तुलसीपुर चौक स्थित मन टावरमा मनकाशी सिनेप्लेक्स सञ्चालनमा आएको हो । यो सँगै घोराहीमा ४ वटा फिल्म हल भएका छन् ।

Buddha International Hospital

Advertise with us

नयाँ प्रविधि सहितको फिल्म हल निर्माण भएको अध्यक्ष ओम जैशीले बताउनुभयो । घोराहीमा पत्रकार सम्मेलन गर्दै फिल्म हलको बारेमा जानकारी दिईएको छ । दाङमा पहिलो पटक निर्माण भएको सुविधा सम्पन्न फिल्म हलका लागि ३ करोड रुपैँया खर्च भएको बताईएको छ । प्रत्येक दिन तीन शो प्रर्दशन हुने हलमा प्रत्येक शनिबार चार शो देखाईने भएको छ ।

दुई प्रकारका टिकेट बनाईएको छ । २५० र ३०० रुपैयाको टिकट दर रहेको हलमा विद्यार्थीहरुको लागि शनिबार विहानको शोमा ५० प्रतिशत छुटको व्यवस्था समेत रहेको हल सञ्चालक सुनिल राजभण्डारीले जानकारी दिनुभयो ।

साथै फिल्म हलको उद्घाटन हुने भएको छ । राष्ट्रिय सभा सदस्य कोमल वलीले उद्घाटन गर्ने सञ्चालक ललित श्रेष्ठले जानकारी दिनुभयो । विहान १० बजे आयोजना गरीएको कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।