राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

दाङ, माघ ३ । प्रतिष्ठान सुधारका साथै पेशागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आजदेखि इमर्जेन्सी र प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।

Buddha International Hospital

Advertise with us

विभिन्न मागसहित आजदेखि संघर्षमा उत्रिएका कर्मचारीहरुले आजदेखि ओपिडी सेवा ठप्प पार्ने जनाएका छन् । संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले आन्दोलनकै क्रममा आजदेखि ओपिडी सेवा ठप्प पार्ने जानकारी दिनुभयो । इमर्जेन्सी, प्रसुतीलगायतका अत्यावश्यक सेवामा आफूहरुले कुनै असर नपार्ने भन्दै अध्यक्ष गौतमले ओपिडीको काम भने बाहिरबाटै सञ्चालन गर्ने जानकारी दिनुभयो ।

आन्दोलनरत चिकित्सकहरुबाटै प्रतिष्ठानको प्राङ्गणमै बिरामी जाँच गर्ने भन्दै अध्यक्ष गौतमले आफूहरु स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रप्रति गम्भीर भएकाले यस खालको आन्दोलन सञ्चालन गरेको जानकारी दिनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ७ दर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् । आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तवल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् ।