नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए, रिपोर्ट पोजेटिभ

दाङ, १२ चैत्र  |नेपालमा कोरोना भाइरसका थप एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या नेपालमा तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक बिद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । गएको ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो ।

DG Mobile Dang

दोस्रो संक्रमित भेटिएको बारेमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । आज फेरि तेस्रो संक्रमित भेटिएका छन् ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गर्नुभएको छ । यद्यपी संक्रमणका बारेमा थप जानकारी गराइएको छैन ।