बेलझुण्डीमा आइसोलेसन बेडसहितको अस्पताल सञ्चालनमा


दाङ, १२ चैत्र | दाङको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा ३० बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।

Blog Post Ad

प्रदेश नम्बर ५ ले दाङसहित रुपन्देही र बाँकेमा समेत आइसोलेन सहितका अस्पताल तयार पारेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको प्रत्यक्ष निगरानी रहेको छ । दाङ, रोल्पा, प्यूठान र रुकुम पुर्बलाई लक्षित गरेर बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो ।

Blog Post Ad

बिरामीको चाप बढेको खण्डमा एक सय बेड पु¥याउने लक्ष्य राखिएको छ । आइसोलेसन कक्षमा तत्कालका लागि ४६ जना स्वास्थ्यकर्मी खट्ने भएका छन् । छ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मी खटाउने निर्णइ भएको छ ।

आइसोलेसन कक्ष सञ्चालक समितिको आज बसेको बैठकले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, यस्तै घोराही र तुलसीपुरबाट स्वास्थ्यकर्मी खटाउने निर्णय भएकोहो । उक्त कक्षमा खटिने कर्मचारीलाई सतप्रतिशत भत्ता र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ताको ब्यबस्था गर्ने पनि निर्णय भएको छ ।

दश करोडको कोष बनाउने निर्णय गरेको सरकारले नाका तथा बजारक्षेत्रलाई निगरानी गर्ने समेत निर्देशन दिएको छ । यस्तै प्रदेश अन्तर्गत रहेका नाकाक्षेत्रलाई समेत जाँचमा कडाई गर्न आग्रह गरेको छ ।

दाङमा यसअघि निजी तथा सरकारी अस्पतालहरुले ६१ वटा आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका छन् । १३ वटा अस्पतालहरुले कम्तीमा तीनदेखि दश वटासम्म आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *