दाङमा लकडाउन उलंघन गर्ने तीन जना पक्राउ, २ सय ५६ सवारी साधन प्रहरी नियन्त्रणमा

ओमप्रकाश गुप्ता

देउखुरी, १२ चैत्र । दाङमा लकडाउनको अबज्ञा गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले लकडाउन अबज्ञा गरेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

DG Mobile Dang

लकडाउनको उलंघन भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले २ सय ५६ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने २ सय ५६ सवारी साधनलाई पक्राउ गरिएको दाङ्ग जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् ।

लकडाउनको दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधन सँगै ३ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्ने १ सय ८९ वटा मोटरसाइकल, १९ स्कुटर, १४ वटा ट्रक, ६ वटा ट्रेक्टर,७ वटा बस,१ वटा जेसिवी र १३ वटा जिप/कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकृत सुमित खड्काले बताएका छन् ।

नियन्त्रणमा लिइएको सवारीसाधनलाई लकडाउन अवधी सम्म प्रहरी नियन्त्रणमानै राखिने र भोलीबाट अझ कडाइ गरिने प्रवक्ता खड्काले बताएका छन् । २ दिन सम्म अनावश्यक बाटोमा हिड्ने पैदलयात्री र साइकल यात्रीलाई छुट दिए पनि भोलीबाट भने पक्राउ गरि कानुन बमोजिम मुद्दा चलाई १ महिना देखि ६ महिना सम्म कैद गरिने प्रवक्ता खड्काले बताए । साथै उनले कोही पनि नागरिक अति अावश्यक काम बाहेक बाहिर ननिस्कन पनि अाग्रह गरेका छन् ।