लकडाउन उलंघन गर्ने विरूद्व लमही प्रहरी आक्रमक, दुईजना पक्राउ

ओमप्रकाश गुप्ता

लमही, १२ चैत्र । लकडाउनको उलंघन गर्ने विरूद्व लमही प्रहरीले आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ । बुधबार मात्र वडा प्रहरी कार्यालय लमहीले ट्रक, मोटरसाइकल र साइकल गरि ७० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । ती सामानहरु प्रहरीले नियन्त्रणमा लिन खोज्दा बादबिवाद गरेको भन्दै दुई जनालाई पनि पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

DG Mobile Dang

पक्राउ परेका ब्यक्तिलाई सम्झाइ बुझाई छोड्ने गरेको र सवारीसाधन भने आगामी चैत्र १८ गते सम्पर्कमा आउन भनेको प्रहरी निरीक्षक थपलियाले बताए । त्यस्तै राप्ती पारिको गढवा, राजपुरमा पनि प्रहरीले अनुगमन, चेकजाँचलाई निकै कडाईका साथ गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए । छिट्पुट रुपमा मानिसहरु सडकमा देखा पर्ने गरेको राठौरले जानकारी दिएका छन् ।