घोराही–६ मा मास्क र साबुन बितरण

घोराही १२ चैत | घोराही उपमहानगरपालिका वडा नम्बर ६ ले आज ६३ घरधुरीलाई मास्क र साबुन बितरण गरेको छ । लखुवार टोलबिकास संस्थाका अध्यक्ष प्रबिन ओलीको अध्यक्षयता एबं वडा नम्बर ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा मास्क बितरण गरिएको हो ।

बिश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को बारेमा सचेत गराउन नागरिकलाई मास्क र साबुन बितरण गरिएको ओलीले बताउनुभयो । लखुवार टोलमा रहेका ६३ घरमा २ सय ९६ पिस मास्क र ६३ पिस डिटोल साबुन वितरण गरिएको छ ।

नागरिकलाई कोरोना भाईरसको बारेमा सचेत गराउन प्रेमबहादुर बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय समिती गठन गरिएको छ । समितिको सदस्यमा नन्दकुमार आचार्य, ठाकुरप्रसाद केसी, युबराज आचार्य र लक्ष्मण नेपाली रहनुभएको छ ।

DG Mobile Dang

६३ पिस साबुन टोलकी सदस्य धना डागीले निशुल्क रुपमा उपलब्ध गराउनु भएको छ । लक्ष्मण नेपाली र रेशम नेपालीले निशुल्क मास्क सिलाएर सहयोग गरेको ओलीले बताउनुभयो ।