रिहारमा बगार बाबा ढुङ्गा बाेक्नेकाे घुईचाे

शिवु खनाल

Buddha International Hospital

दाङ,  माघ | रिहार मेलामा बगार बाबा ढुङ्गा उचाल्नेहरकाे घुईचाे लागेकाे छ । दाङकाे लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित रिहार मेलामा तिर्थालुहरूकाे बगार बाबा ढुङ्गा उचाल्नेहरूकाे घुईचाे लागेकाे छ ।

Advertise with us

सुरज चाैधरी लमही नगरपालिका वडा नम्बर ८ सतवरिया निवासी हुनुहुन्छ । चाैधरीले बगार बाबा ढुङ्गा बाेक्नुभयाे । अहिलेसम्म मेलामा मा ६ पटक बाेके, चाैधरीले भने- सुरुमा उचाल्दा गाह्राे हुन्छ, उचालि काघमा अायाे भने सजिलाे हुन्छ, बाेकेकाे सक्नेले तीन पटक नसक्नेले एक पटक बाेकेर बगार बाबाकाे मन्दिर परिक्रमा गर्दा ईक्ष्याकाे पूरा हुने जनविश्वास रहेकाे छ ।

बगार बाबा ढुङ्गा ६५ किलाे रहेकाे छ । बगार बाबाकाे ढुङ्गा बाेकेर परिक्रमा गर्दा अाफुले ईक्ष्याकाे कुरा पूरा हुने जनविश्वास रहेकाे स्थानिय रिहारवासिहरू बताउछन् ।

Advertise with us