जन्मदिनमा पुस्तक उपहार


घोराही, पुस ३० । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्ययनरत कक्षा ३ की छात्रा अदिती केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान गरेकी छन् ।


Advertise with us
भड्किलो परम्परालाई निरुत्साहित गरि जन्मदिनलाई सिर्जनात्मकरुपले मनाउँदै विद्यालयमा पुस्तकालय निर्माण अभियानलाई आफ्नो तर्फबाट सहयोग पु¥याउनका लागि आफुले पुस्तक प्रदान गरेको उनले बताएकी छन् । २०६६ पुस ३० गते जन्मेकी छात्रा केसीले आफ्नो ९ औं जन्मदिनमा विद्यालयका प्रिन्सिपल केशबराज गिरीलाई विभिन्न विधाका १८ ओटा पुस्तकहरु प्रदान गरेकी छन् ।

Buddha International Hospital

सो अवसरमा विद्यालयका प्रिन्सिपल केशबराज गिरीले असल, अनुशासित, सभ्य, लगनशिल एवम् सिर्जनशिल छोरी अदितीलाई जन्मदिने बुवाआमाद्वय विद्यालयका प्रवन्ध निर्देशक दुर्गालाल केसी र शिक्षिका बिमला केसीलाई बधाई दिदैं छात्रा अदितीलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।