पुर्वाधार अभावमा लरैनाको बराह धाम

Advertise with us


रीता लामा
घोराही, ३० पुस । घोराही उपमहानगरपालिका वडा नम्वर ६ स्थित एउटा मन्दिर छ । मन्दिरको छेउमा सानो ताल । वरिपरि फराकिलो जमिन । मन्दिर नजिकै जोडी वरपिपल । हेर्दा निकै सुन्दर देखिने त्यो स्थान भने प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

Advertise with us


स्थानियवासी ८७ बर्षिया दानबहादुर डाँगी अनुसार करिव १०० बर्ष पहिले देनि नै त्यहाँ माघे सक्राति अर्थात माघको १ गते ठुलो मेला लाग्ने गर्दछ । दाङ मात्र होइन, उक्त दिन बाके, बर्दिया, सल्यान, रोल्पा रुकुमबाट भक्तजनहरु आउछ ।

Buddha International Hospital


किम्बदन्ती अनुसार बराहका १२ भाइ मध्य लरैना बासुदेव स्थानमा भएका वराह कान्छो भाइ हुन । माघे सक्रातिको दिन भक्तजनहरु त्यहाँ रहेको सानो तालमा नुहाउने, नुहाए पछि पोखरीबाट सानो ढुङ्गा निकालेर मन्दिरमा चढाउने र आफुले चाहेको वर माग्ने गर्दछन । तर अधिकासं भक्तजनहरु सन्तान प्राप्तीको लागि त्यहाँ आउने गरेको पुजारी बलबहादुर चौधरी बताउछन ।

उनले त्यहाँ पुजा गर्न लागेको करिव १८ बर्ष भयो । पहिले अरु नै पुजारी भए पनि पछि थारु जातिको पुजारी राख्दा उत्तम हुने भनाई आए पछि उनी त्यहाँको पुजारी बनेका छन ।


तर बराहका जेठो दाजु रहेको घोराही १२ बारकुने दहमा धेरै प्रगति भैसक्दा कान्छो भाइ रहेको लरैनाको मन्दिर भने पुर्वाधार विकास र प्रचार प्रसारको अभावमा पछाडी परेको छ ।


वराहको लामो इतिहास भए पनि २०४५ सालमा मात्रै मन्दिरको दह नजिकै सानो मन्दिर बनेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र कुमार दाहालले जानकारी दिए । मन्दिर बन्नु अगाडी त्यहाँ वराहको सालिक मात्रै भएको र त्यहाँ भक्तजनहरुले पुजाआजा गर्ने गर्दथे । त्यहाँ मन्दिर बनि सके पछि र गाउँलेले सक्रियता देखाए पछि भने केही सुधार हुन थालेको उनले बताए ।

 

एक विगाहा १४ कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको उक्त मन्दिरलमा हाल थोरै मात्रामा पुर्वाधार बनेका छन । त्यो पनि केही व्यक्तिहरुको सहयोगमा । समितीका अध्यक्ष दाहालका अनुसार २०७१ सालमा स्थानियहरुको सहयोगमा दहलाई पक्की बनाउने काम भएको छ भने स्थानिय धनबहादुर डागीले करिव ६ लाख खर्च गरेर भगवतिको मन्दिर बनाउदै छन भने घोराही १५का हरिवशं दाहाल र चित्राङ्गत दाहालले बरपिपलको रुख परिपरि प्रतिक्षालय बनाइदिएका छन ।

यस्तै साविकको ढिकपुर गाविस र साविकको त्रिपुर नगरपालिकाले एक, एक वटा प्रतिक्षालय बनाइदिएका छन । मन्दिरमा अझै पनि धेरै भौतिक पुर्वाधार निर्माण गर्न बाकि रहेको अध्यक्ष दाहालले बताए । उनले मन्दिरको भौतिक निर्माण र प्रचारप्रसारको लागि सबैसँग आग्रह समेत गरेका छन ।