‘विद्यालय सुधारको चिन्ता’

Advertise with us


रीता लामा
घोराही, पुस । कुनै समय प्रदेश सांसद अमरबहादुर डागी, घोराही खानेपानी संस्थानका अध्यक्ष देविवहादुर डिसीले पढाएको र प्रअ भएर काम गरेको वाराह माध्यामिक विद्यालय जुन समय निकै अब्बल र दाङमा चिनिएको विद्यालय थियो । शिक्षण सिकाइ र अनुसाशनका हिसावले पनि उत्कृष्ट थियो ।

Advertise with us


तर ससस्त्र द्धन्द्ध भयो । विद्यालयमा विविध तवरबाट द्धन्द्धरत पक्षले बाधा व्यवधान खडा गरे । विद्यार्थी तर्सिए । शिक्षकहरु फेरिए, प्रअ र व्यवस्थापन समिती नयाँ आउदै गए तर विद्यालयको मुहार फेरिन सकेन ।

Buddha International Hospital


त्यती मात्र होइन विद्यालय वरिपरि अग्रेजी माध्यमका विद्यालय खुले तर बाराह मावि नेपाली माध्यमबाट संचालन हुदै गयो । अभिभावकहरु अंग्रेजीतिर आर्कषित हुने विद्यालयले नेपाली माध्यमबाट पढाउने । समय सापेक्ष बन्न नसक्दा विद्यार्थी घटे, पुर्वाधार जीर्ण बने अनि स्वतह स्तर खस्कियो ।


पहिले जे जस्तो भए पनि अव भने आफुहरु विद्यालयको स्तर बृद्धिमा जुटेको प्रअ केसी बताउछिन ।
उनका अनुसार अभिभावकको माग अनुसार समय सापेक्ष अंग्रेजी माध्यमबाट शिक्षण क्रियाकलाप संचालन गर्नु अनिवार्य बनेको छ । एईईको नतिजा खस्किदै गए पछि छात्राबास मै राखेर कक्षा १०का विद्यार्थीलाई पढाउनुपर्ने अर्को बाध्यता आएको छ । तर यी सब गर्नको लागि विद्यालयलाई आर्थिक अभाव पनि उस्तै छ ।


नजिकका विद्यार्थीहरु बोडिङमा जान थाले पछि टाढाबाट विद्यार्थी ल्याउन स्कुल बसको आवश्कता प¥यो जसले कारण विद्यालयलाई थप आर्थिक भार परेको प्रअ केसी सुनाउछिन । उनका अनुसार विद्यालयमा भौतिक र शैक्षिक अवस्था सुधारको लागि निकै आर्थिक समस्या खड्किएको छ । ‘कसैबाट पनि हामीलाई एक रुपैया आर्थिक सहयोग भएको छैन ।’ उनले भनिन ‘पुर्वाधार सबै जिर्ण भए केही किन्न र बनाउन सकिएको छैन ।’

गरिव र विशेषगरि दलित वर्ग, मजदुरी गरेर बालबालिका पढाउने अभिभावकका छोराछोरी विद्यालयमा पढ्न आउछन । कहिलेकाही बाध्यतावश उनीहरुहरुलाई पनि कापि, कलम र विद्यालय पोषाक पनि दिनुपर्ने हुन्छ ।


केही महिना पहिले दाङ क्षेत्र नम्वर दुइबाट अत्यधिक मतले प्रतिनीधिसभाको चुनाव जितेका संघिय संसदका सभामुख कृष्णबहादुर महराले चालु आर्थिक बर्षमा वाराहा माविलाई शिक्षा तर्फको बजेट सवै दिने आस्वासन दिएका थिए । तर त्यो आश्वासनमा मात्रै सिमित भयो उनको पहलमा विद्यालयले कही कतैबाट एक रुपैया पनि पाएन ।

विद्यालयको भवन निर्माण, अंगेजी माध्यमका पढाइ गर्नको लागि निजि कोटाबाट शिक्षक राख्नुपर्नुे पछिल्लो समय सबै विद्यालयमा इलाइव्रेरी संचालन भैरहेको समयमा विद्यालयको आफ्नै पुस्तकाय संचालन हुन सकेको छैन । छुट्टै कोठाको अभावमा भएको पुस्तक पनि थन्क्याउनुपर्ने बाध्यता आएको प्रअ केसीले बताइन ।

अहिले विद्यालयले करिव तीन विगाहा जग्गा आफ्नो क्षेत्र भित्र सुरक्षित गरि राखेका छ । त्यस मध्य ४७ कठ्ठा जग्गा विद्यालयको नाममा छन । जग्गा प्रसस्त भए पनि भवन गतिला छैनन । विद्यालयसँग केही पक्की भवन छन तर साना विद्यार्थी पढ्ने सबै कक्षा जिर्ण छन । विद्यालयको भौतिक र शैक्षिक अवस्था खस्किए पछि उनलाई विद्यालयको चिन्ताले पिरोलेको छ ।

जसको कारण विद्यालयले आर्थिक संकलनको लागि महायज्ञ लगाउने निर्णय गरेको छ । आउदो माघ दुइ गते देखि ११ गतेसम्म महायज्ञ लगायर भए पनि विद्यालयलाई आर्थिक स्रोत जुटाउने आफ्नो सोच रहेको प्रअ केसीले बताइन । महायज्ञ संचालन पुर्व दाताहरु भेट्दा आर्थिक सहयोग दिने भन्दा पनि पुर्वाधार निर्माण गरिदिनेहरु बढी भेटिएको हुदाँ आफु उत्साहित भएको उनले बताइन ।

साथै उनले महायज्ञबाट करिव दुइ देखि पाँच करोडसम्म उठाउनले लक्ष्य लिएको बताइन ।