मन्दिरको बीचमा ‘अलौकिक वृक्ष’

Advertise with us


रीता लामा
घोराही पुस । घोराही बजार देखि दक्षिण करिव १३ किलोमिटरका बाटो काटे पछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मुल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मुर्ति छैन । मुल मन्दिर भित्र ठुलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखा लगायत केही आकृति छन । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताको रुपमा पुज्ने गर्दछन । र त्यही ढुङ्गा नजिकैबाट एउटा ठुलो साजको रुख छ ।

Advertise with us


स्थानिय भाषामा साज भनिने त्यो रुख घर बनाउने सामाग्रीको लागि निकै बलियो काठको रुपमा प्रयोग हुन्छ । सालको रुख जस्तै अग्लो साजलाई गाईभैसीले रुचाउने घाँस पनि हो । त्यसको फुल र फल दुवै लाग्दैन । हेर्दा काठको लागि तयार भैसकेको त्यो रुखलाई मन्दिर व्यवस्थापन समितीले ‘अलौकिक वृक्ष’को नाम दिएको छ ।

Buddha International Hospital


त्यो रुखको विषयमा एउटा पनि लिखित दस्तावेज छैन । कुनै अभिलेख भेटिदैन । तर मुल मन्दिर भित्रै पर्ने गरि पक्की गाह्रो लगाएर त्यसलाई संरक्षण गर्ने प्रयास गरिएको छ । भक्तजनहरु रुख छेउमा धुप बाल्ने, जल, पैसा चढाउने, पुजा गर्ने, रुखमा धागो बाँध्ने काम गर्छन । मन्दिरमा पुग्ने जो कोहीले त्यो रुख (आलौकिक वृक्ष)लाई पुजा नगरी फर्कदैनन ।


स्थानियवासी बोधिराज अधिकारीका अनुसार करिव २०० बर्ष पहिलेको घटना हो । मन्दिर नजिकै भएर बग्ने बबई खोला देखि वारी पर्ने गुरुवा गाउँका थारुहरु काठ काट्न भन्दैै त्यही साजको रुख ढलाउन गए । चारपाँच जनाको समुहमा पुगेका थारुहरुले घरेलु हतियारको प्रयोग गरि दिनभरी रुख काटे । र ढलाए । साँझ प¥यो ।


टुक्रा पार्नको लागि अर्को दिन आउने सल्लाह भयो । उनीहरु घर फर्के । अर्को दिन त्यहाँ पुग्दा रुख जस्ताको जस्तै उभिएको देखे । तर रुख वरिपरि पहिलो दिन काटिएका काठका टुक्रा प्रसस्तै थिए ।


थारुहरुले सोचे यहाँ भुतुवा(देवता) रैछ । उनीहरुले त्यसलाई त्यसै छोडे । त्यो हल्ला सबै तिर फैलियो । रुख मुनिबाट पानी निस्कन थाल्यो । मान्छेहरु त्यसलाई पुजा गर्न थाले । पछि रुख नजिक ठुलो ढुङ्गामा विभिन्न आकृति पनि भेटिए ।


पाण्डेवश्वर मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारी रुख काट्ने थारुका पनाती र खनातीहरु अझै गुरुवा गाउँमा जिउदै रहेको बताउछन । आफ्नो बाजे वराजुले यस्तो भन्ने गरेको भन्दै उनीहरुले अलौकिक वृक्षको बारेमा बताउने गरेको उनले सुनाए ।

त्यो वृक्ष र त्यस क्षेत्रको बारेमा महाभारतका कथासँग केही मिल्न जाने गरेको उनले बताए । आज भन्दा करिव चार हजार बर्ष पहिले पाण्डवहरु आएर त्यही रुख मुनि बसेको, ढुङगामा शिवलिङ्ग स्थापना गरेर पुजाआजा गरि अन्तिम अवस्थामा स्वर्गद्धारी हुदै स्वर्ग पुगेको कथा पनि महाभारतमा कहिकतै मेल खान गएको उनले जानकारी गराए ।

‘रुखको इतिहास लामो भए पनि २०४९ सालमा मात्रै मन्दिर र रुखको व्यवस्थित रुपमा संरक्षण हुन थालेको हो ।’ उनले भने ‘करिव २६ बर्ष देखि मन्दिर संरक्षणमा लागे तर पनि त्यो वृक्षको आकारमा कुनै परिवर्तन आएको छैन ।’

त्यती मात्रै होइन । विश्व कै अग्लो त्रिशुल स्थापना गरिएको स्थान छेउमा पनि यस्तै अचम्मको असोजको रुख संरक्षण गरिएको छ । मन्दिर व्यवस्थापन समितीका अनुसार त्रिशुल वरिपरिको ठाँउलाई फराकिलो बनाउन लाग्दा त्यही छेउमा भएको सानो आकारको (हसियाँले पनि ढलाउने सकिने) आकारको असोजको रुख थियो ।

घटना २०७० कात्तिक २९ गतेको हो । ढोजरको साहेताले त्यसलाई उखेलेर फाल्न खोज्दा रवर जस्तो तन्किेने मात्र ग¥यो । धेरै प्रयास गर्दै गर्दा डोजेरको तीन वढा फलामे दाँत भाचियो । तर रुख ढलेन जसको कारण त्यस रुखलाई पनि मन्दिर व्यवस्थापन समितीले संरक्षण गरेर राखेको छ ।

अनौठो त के छ भने अरु असोजको रुखको हाँगा र पाँत आकास तिर फर्किएका हुन्छन भने त्यो रुखको हाँगा र पात जमिन तिर फर्किएको छ । त्यसकारण पनि त्यहाँ पुजा गर्न र घुम्न आउनेहरु त्यो रुखलाई निकै आकर्षक वस्तु जस्तो मानेर हेर्ने, नजिकै उभिएर फोटो खिच्ने, रुखको बारेमा सोधिखोजि गर्ने गरेको पाइन्छ । त्यो रुख पाँच बर्ष पुरानो मात्रै छ ।