नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डमा जारी थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत आइतबार तेर्थाइ क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि नेपालले चीनमाथि १० विकेटको सानदार जित निकालेको थियो ।

Blog Post Ad

Blog Post Ad

मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १७ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन् । ओपनर सीता रानामगर १५ रनको योगदान दिइन् । अर्की ओपनर काजल श्रेष्ठले ६ रनमा आउट भइन् ।

इन्दु बर्माले ३ रन बनाउँदा सरिता मगर शून्यमा आउट भइन् । ममताकुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले समान १–१ विकेट

हात पारिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा ६१ रनमा अलआउट भयो । मलेसियाकी सोलो टिजिन यी १२ रन तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । मेस एलियसा एसमिन र विनिफ्रेड डुराई सिंगमले समान ९–९ रन जोडे । क्रिस्टिना निना बारेट र इन्टन जाफरले समान ४–४ रन बनाए ।

नेपालकी सरिता मगरले ३ ओभर ३ बलमा ११ रन खर्चिएर महŒवपूर्ण ४ विकेट लिन सफल भइन् । नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।

लगातार दोस्रो जितसँगै नेपाल समूह ‘ए’ मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत नेपालले सोमबार एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा दिउँसो १२ बजेपछि युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । यूएई १ खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *