विगत सम्झिँदै माघी मिलनमा मुक्तकमलरी

घोराही, पुुस । कानुनी रूपमा कमलहरी प्रथा अन्त्य भएपनि व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । माघ पर्वको अवसरमा आज घोराहीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमका सहभागीले कम्लहरी प्रथाको अन्त्य व्यवहारीकरूपले हुनुपर्ने बताएका हुन् ।

Buddha International Hospital

Advertise with us

मुक्त कमलहरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले समृद्धिका लागि व्यवहारिक रुपमा कमलहरी प्रथाको अन्त्य गर्न माग गरेका छन् । सरकारले कानुुनी रुपमा कम्लहरी अन्त्यको घोषणा गरेपनि व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकेको उनिहरुले बताएका छन् ।

कार्यक्रममा थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले कमलहरी प्रथाको अन्त्यका लागि विभिन्न क्षेत्रको सहयोग अनिवार्य रहेको बताउनुभयो । उहाँले माघ पर्व थारू समुदायको ठुलो पर्व भएको भन्दै मुक्त कमलहरीको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई दाङ शाखा अधिकृत देवमणी चौधरीले मुक्त कमलहरीहरूलाई सरकारले उपलब्ध गराउदै आएको सेवासुविधा समय सापेक्ष हुन नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न पेशा र व्यवसायमा मुक्त कमलहरीले सफलता पाएको भन्दै राज्य उनीहरूको काममा साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्ती पोष्ट दैनिकका प्रकाशक÷सम्पादक शरद अधिकारी, महिला मानव अधिकार संजालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले लामो समयपछि दासताको जीवनबाट अन्त्य भईसकेपछि स्वतन्त्रताको पूर्ण सदुपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा थारू पत्रकार सन्तोष दहित, मुक्त कलहरी विकास मञ्चका पुुर्व अध्यक्ष उर्मिला चौधरी, आरेकका ईश्वरी थापा लगायतले माघपर्वको अवसरमा शुुभकामना व्यक्त गर्नुुभएको थियो ।