नारी, समाज र पितृसत्तात्मक सोच

Advertise with us

रजनी श्रेष्ठ


सहि व्यवहार र रहि व्यापार, भन्ने त उखान नै छ । अनि कसरी नसहनु त ? तर विडम्वना यहाँ यो छ कि यो सहने कुरो महिलालाई मात्रै लागु हुन गएछ उस बेला देखि नै । अव यो उस बेलालाई ठ्याक्कै व्याख्या गर्ने क्षमता म मा छैन ।

Buddha International Hospital
Advertise with us

किनकि मैले पनि सुनेको मेरो आमाबाट र सायद मेरी आमाले पनि आमाबाट, सायद यो क्रम लामै होला ।
हो हामी महिला सहनशिला, कोमल हृदय भएको ममताको खानी, निश्वार्थ माया गरिरहने ….


सायद महिला बिना यो संसार नै अकल्पनिय हुने थियो होला है ? किनकि माया ममता दया क्षमा बिना के यो संसारको सम्भव छ ?
मलाई अन्तरआत्मा देखि नै एउटा कुराले घचघचाई रहन्छ की श्रृष्टिको संरचनाले नै हो त पुरुषलाई यति धेरै निष्ठुरी बनायको ? पुरुषले एकतमासले आफनो पुरुष्त्वको आडमा मनोमानि गर्दैै जाने र नारीले अमुक बनेर सहने । हो त नि सहनै पर्ने, अवोध बालिकादेखि बृद्धासम्म, घरेलु शोषण देखि यौन हिंसासम्म ।

हो हामीलाई स्वीकार छैन महिला हिंसा र र्दुव्यहार तर मेरो मानस पटलमा हुटहुटी त त्यो बेला हुन्छ जब यो समाजका शासक र शोसकले पनि यसलार्ई सहज रुपमा स्वीकार गर्दछ ? महिला हिंसामा परिसके पछि कानुनी न्याय खोज्दै आन्दोलनमा उत्रिनु र पीडित भएपछि हक अधिकारका मुुद्दा अघाडी ल्याउनु भन्दा महिला होस या पुरुष समाजमा, घर घरमा र राष्ट्रमा नै हिंसा उत्पन्न हुन नदिने वातावरण श्रृजना गर्ने कि ?

एउटी आमाले नौ महिनासम्म विभिन्न पिडा र बेदना सहदै आफनो सन्तानलाई जन्म दिन्छिन तर आमा बन्नुको सौभाग्य त्यसबेला संकुचित हुन्छ जब छोरीको जन्म हुन्छ, हो छोरी । सायद प्रसव वेदना भन्दा समाजको अपहेलनाको डर र त्रास बढि हुन्छ । किनकि आमाले यो समाजलाई राम्ररी बुझेकी छिन । छोरी हुदाको पिडा उनले पनि नभोगेको कहाँ हो र । त्यसैैले त सधै सगज रहनु पर्छ समाजमा ।
कुनै प्रकारको चरित्रहिन भएको लान्छना नलागोस, कसैको अन्याय अत्याचार सहन नपरोस भनेर बारबार एउटी आमाको भनाई हुन्छ । हिंसा दुव्र्यवहार र अपराध मनिस्थितिबाट श्रृजना हुन्छ , परिस्थितिबाट होइन ।

त्यैसेले अब उप्रान्त कसैको मनस्थिति बस महिला माथि हिंसा गर्छ भने सहने छैनौ भनेर महिलाले नै आत्मसात गर्दै अठोठ लिनुपर्छ । हो हामी न्यायको माग गर्नेछौ, हामी अन्यायको विरोधमा लाग्दा यसलाई नाजायज माग भनियला, अलच्छिना मानिएला । तर महिलाहरुको लैगिक हिसां सम्वन्धि यस संघर्षको माध्यमबाट केही उपलब्धि हासिल गर्न सकिन्छ । अन्यायलाई चुनौति दिन सकिन्छ भन्ने मान्यताका साथमा अघि बढ्ने अवस्था आएको छ ।

विद्यमान परिस्थितिको सामना गर्न सम्पुर्ण नागरिकको साथ, सर्मथन र सहयोग चाहिन्छ, किनकि यदी अहिलेको अवस्थामा परिवर्तन भएन भने विद्यमान अन्यायपुर्ण अवस्था अझ बढि उग्र रुप धारण गर्नेछ र महिलाहरुले भोग्ने पिडा बढ्दै जानेछ । अधिकांस महिला आफुमाथि भएका हिंसाबारेमा बोल्नु भन्दा सहेर बस्ने प्रवृति हावी भयर नै हो कि महिला हिसांले उन्मुक्ति पाउन नसकेको ।

हाम्रो सामाजिक तत्वले नै हाम्रो सामाजिक सोचलाई विकास गरिरहेको हुन्छ, त्यसैले महिला हिंसा न्युनिकरण गर्दै अन्त्य गर्न घर परिवार हुदै समाज लगायत राज्य संचालनको हरेक तहमा रहेको व्यक्तिको सोचमा परिवर्तन गर्न सक्ने वातावरण विकास गर्न सक्नु पर्दछ ।
जुन कुरा सहज त नहोला तर असम्भव छ भनेर भन्ने कसैले साहस पनि गर्न सक्दैन होला । हो आवश्यकता छ त ईच्छा शक्तिको । धनि गरिव बीच समानता होला , वर्गिय विभेत घटे पनि महिला हिंसा घट्ने वाला छैन ।

पुर्खौ देखि विरासतमा आएको पितृसत्तात्मक संकार, अन्धबिस्वासी परम्परा, रुढिबादी संस्कृतिबाट चापिदै आएको हाम्रो समाज अझ विशेष त महिला नै ति चल्दै आएका मुल्य मान्यताबाट बाहिर निस्कनै अफ्ठेरो परिस्थिति रहेको छ । यस्तो परिस्थितिलाई चिर्दै अब महिलानै शिक्षा, स्वास्थ्य , रोजगारी, राजनिति तथा सामाजिक भुमिकामा अगाडी देखा परेर सामाजिक मुल्यमान्यता र नीतिगत परिवर्तन ल्याउने हुटहुटीका साथ अघि बढ्नुपर्ने अवस्था आयको छ ।

पितृसतात्मक सोच र उक्त सोचको उपज विभेदपुर्ण सामाजिक र सास्कृतिक मुल्य मान्यताका कारण हाम्रो समाजमा महिला, पुरुष वीच असमानताको भावनाले गर्दा नै अधिकांस महिलाहरु हिंसा भोग्न बाध्य छन । हाम्रो समाजले महिलालाई तल्लो स्तरमा हेर्ने गरेको र न्याय पाउनमा , राजनितिको सहभागीतामा तथा आफ्नो व्यक्तिगत जीवनसँग सम्वन्धित निर्णयहरुबाट पनि बञ्चित गरिएको पाइन्छ ।
सायद त्यसैको परिणाम स्वरुप महिला स्वतन्त्र जीवनयापन लगायत राज्यबाट दिइएका अधिकारबाट समेत अपहेलित भैरहेको छन । हरेक समाज र स्थान चाहे पहाड, चाहे तराई या त गाँउ सहर नै किन नहोस महिलाका समस्याका स्वरुप फरक होलान तर साझा पिडा र सर्घषका कथा व्यथा उस्तै नै रहेको जस्तो मलाई भान हुन्छ ।

हुनत यो सम्पुर्ण कुरा उठान गर्नको लागि म यो विषयको ज्ञाता नहुला तर म बुभmन सक्छु एउटा महिलाको रोदन । हो समाजमा उच्च ओहोदामा पुगेका तथा सम्पत्तिले पुगेका महिलाहरुलाई सुविधा र अवसरहरु धेरै भएको देखिन्छ तर पनि संरचनागत रुपमा भनु वा संरक्षकको रुपमा उनीहरुपति पुरुषको हातमा अधिन भैरहेको हुन्छन । अझ ग्रामिण भेगका आम महिलाको भोगीरहेको अव्यक्त पिडा त सायद कसैले अनुमान पनि गर्न सक्दैन होला ।

हो, हाम्रो समाजले यसलाई सहनशिला नारीको रुपमा व्याख्या गर्दछ होला । तर अहं म मान्दिन । यो शब्दसँग सम्झौता गर्न । किनकी यो त हाम्रो पितृसतात्मक सोचको उपज हो ।

महिलाको साहस र आटले नै रचेको संरचनामा यो संसार रमेको छ । मेरो चाहना छ कि , सहनशिला नारीको कथा अव कमै सुन्नु परोस ।