महायज्ञमा सहकारीहरुलाई निमन्त्रणा

Advertise with us

घोराही, २९ पुस । श्रीमद भागवत धनधान्यञ्चल विराट्नवाह ज्ञान महायज्ञ, श्री वाराहक्षेत्र माध्यमिक विद्यालय मूल आयोजक समितिले विभिन्न सहकारी सस्थालाई निमन्त्रणा गरेको छ ।

Buddha International Hospital

Advertise with us

वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको भौतिक पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यहि माघ तिन गते देखि ११ गते सम्म हुने ज्ञान महायज्ञमा सहभागि भएर आर्थिक सहयोग गर्न अनुरोध गर्दै विभिन्न सहकारी सस्था, सस्थाका अध्यक्ष र सरोकारवालाहरुलाई निमन्त्रणा गरेको हो । महायज्ञ मुल आयोजक समितिकी संयोजक विमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा महायज्ञका निर्देशक प्रा.डा अर्जुनकुमार बुढाथोकीले जवसम्म शिक्षाको विकास हुदैन तव सम्म देशको विकास नहुने वताएका थिए ।

सामुदायिक विद्यालयका अवस्था झनै दयनिय भएकाले महायज्ञको माध्यमवाट शिक्षा सुधारलाई सहयोग गर्नु पर्ने वताए । विद्यालयको पुर्वाधारको लागि र शिक्षाको उत्थानको लागि गर्ने सहयोग नै पुण्यको काम भएको उनले वताए । यज्ञको साथसाथै सम्पुर्ण सामुदायिक विद्यालयका प्रअसंगै सामुदायिक विद्यालयको सुधारको लागि छलफल गर्ने योजना वनाएको जानकारी गराए । आर्थिक समितिका संयोजक भुपाल गिरीले स्वर्गिय खिमबहादुर वुढाथोकी, खगराज लोहनी लगाएतले जग्गादन गरेर विद्यालयको भौतिक निर्माण गरेर माध्यमिक विद्यालय भएको जानकारी गराए ।

विपन्न वर्गका छोराछोरीले मात्रै अध्ययन गर्ने हुदा विद्यालयलाई आर्थिक सहयोग गरेर प्राविधिक शिक्षालय स्थापना गरेर पुण्य कमाउन अनुरोध गरे । ८० प्रतिशत संघ सस्था लगाएत शिक्षाका सरोकारवालाहरुसंग भेटघाट गरेरछलफल गरीसकेको उनले वताए । राप्ती वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भरत बुढाथोकीले महायज्ञ मुल आयोजक समितिले दिएको निमन्त्रणप्रति आभार व्यक्त गरेका थिए ।

‘प्राविधिक शिक्षालय स्थापना गर्नको लागि आयोजन ागर्न लागेको महायज्ञ सहरायिन काम हो’ उनले भने सहकारीहरुको सञ्जाल ठुलो भएकाले सबैले आर्थिक सहयोग गर्नुपर्छ ।’ जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारी सस्थाले सामाजिक कामको लागि थोरै रकम छुट्याउनु पर्ने वताए । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सबै सहकारीहरुले सामुहिकरुपमा सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख नारायण वेल्वासे, अन्नपुर्ण वचत तथा ऋण सहकारी सस्थाको सचिव श्याम आचार्य, कृषि सहकारी संघको अध्यक्ष पद्मा आचार्य, सामुदायिक वचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष शारदा शर्मा, कोषाध्यक्ष राधा आचार्य, साझेदारी वचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष शुसिला आचार्य, सौभाग्य वचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष हुमा डिसी, सचिव पार्वती धिताल लगाएतले सुझावसंगै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको सहजिकरण सामुदायिक वचत तथा ऋण सहकारी सस्थाकी उपाध्यक्ष कल्पना न्यौपानेले गरेकी थिईन् । यसैविच ब्राहण समाजका अध्यक्ष जयानन्द शर्मा, ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी, कशौधन विदावरी समाजका अध्यक्ष विष्णुकुमार गुप्ता, कल्पुधर्मशालाका संयोजक नारायण गुप्ता लगाएतले महायज्ञलाई सफल पार्नको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महायज्ञको प्रचार प्रसारको लागि भोली मुल आयोजक समितिले मोटरसाईकल रयाली गर्ने भएको छ । महायज्ञ हुने स्थल कर्मचारी मिलन केन्द्रमा ११ वजे सहभागि भईदिन महयज्ञका सम्पुर्ण उप समिति संयोजक, सदस्य लगाएत सम्पुणमा महायज्ञ मुल आयोजक समितिले अनुरोध गरेको छ ।