अल्फाको ३० औँ वार्षिकाेत्सव सम्पन्न

Advertise with us

दाङ, पुस । अल्फा इङलिस बाेर्डिङ स्कुलको ३० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा वोल्दै प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले अहिले शिक्षण पद्धतीलाई सुधार गरेर अगाडि वढाउनुपर्ने बताउनु भएको छ ।

Buddha International Hospital

Advertise with us

बालबालिका भित्र रहेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउनका लागि शिक्षण सिकाइमा सुधार हुन जरुरी रहेको बताउनुभयो । ‘मानिसका कुनै न कुनै प्रतिभा हुन्छ त्यसलाई वाहिर ल्याउने वातावरण निर्माण गरीदिनु पर्दछ’ सांसद डाँगीले भन्नुभयो । कार्यक्रममा वोल्ने सहभागिहरुले विद्यार्थीलाई अगाडि वढाउन घरपरिवारले पनि उचित ध्यान दिनु पर्ने बताए ।

घर परिवार वालवालिकाको पहिलो शिक्षालय भएको उनीहरुको भनाई थियो । कार्यक्रमा प्रिन्सिपल अादिम के.सी. ले विद्यालय प्रगति विवरण प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालय सञ्चालक समितिका अध्यक्ष किशोर पोख्र्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसदन केसी, प्रहरी निरीक्षक शशीधर शर्मा , पूर्व अभिभावक सावित्रा राना, पुर्व विद्यार्थी डा.अभ्यास पोखेल,शिक्षक तिलकराम अधिकारी लगायतले भनाइ राख्नुभएकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक हेमन्त अधिकारी र गौरी योगीले गर्नुभएको थियो । त्यस अवसरमा विद्यालयले विद्यालयमा अध्ययन गरेर उच्च पदमा पुग्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो भने वालवालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।