Ad Area Ad Area
Ad Area

मानसिक स्वास्थ्य समस्या सम्वन्धी अभिमुखीकरण

Blog Post Ad
Blog Post Ad

दाङ, पुस । हेल्थ फाउण्डेसन नेपालले अमेरिका नेपाल मेडिकल फाउण्डेशनसँग मिलेर दाङ जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य समस्या व्यबस्थापन सम्वन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गर्ने भएको छ ।

Blog Post Ad
Blog Post Ad

Blog Post Ad

फाउण्डेसनले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समिति दाङसँगको सहकार्यमा ग्रामिण नेपालको सामान्य मानसिक स्वास्थ्य समस्याका बारेमा माघ २ गते घोराहीमा अभिमुखीकरण गोष्ठी सञ्चालन गर्न लागेको अमेरिका नेपाल मेडिकल फाउन्डेसनका तालिम संयोजक डा श्रीधर पौडेलले जानकारी दिनुभयो ।

Blog Post Ad

Blog Post Ad
Blog Post Ad

अभिमुखीकरण कार्यक्रम नेपाल तथा दाङमा मानसिक स्वास्थ्य समस्याको अबस्था, यस्को प्राथमिक उपचार, मानसिक समस्यामा परेका बिरामीको समुदायमा आधारित उपचार प्रणाली, आगामी कार्यदिशा, मानसिक समस्यामा परेका बिरामीको उपचारको व्यबस्थापन तथा पुनस्र्थापना आदी बिषयमा केन्द्रित रहने बताईएको छ ।

अभिमुखीकरण कार्यक्रमका सहजकर्ताहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेबा बिभाग एनसीडि काठमाडौका मानसिक रोग बिभाग प्रमुख डा. फणिन्द्र बराल, हारवार्ड बिश्व बिद्यालय अमेरिकाका बिशेषज्ञ डा. तथा तालिम निर्देशक श्रीधर पौडेल, जिल्ला स्वास्थ्य प्रमुख केशबराज पण्डित र हेन्थ फाउण्डेसन नेपाल संग समन्वयमा काम गरिरहनुभएका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टरहरु समिर आचार्य, गगन न्यौपाने र यादब पाण्डे तथा फाउण्डेशनका महासचिव उप प्राध्यापक मिनराज अधिकारी हुनुहुन्छ ।

अभिमिमुखीकरणको कोर्स डिरेक्टरमा त्रि.बि. शिक्षण अस्पतालका बिशेषज्ञ डा. सरस्वती ढुङाना, अमेरिकाको डेकु बिश्व बिद्यालयका बिशेषज्ञ डा. सुशरुषा अर्याल, याले बिश्व बिद्यालयका अमेरिकाका बिशेषज्ञ रबिन दाहाल, जमैका मेडिकल सेन्टर अमेरिकाका बिशेषज्ञ डा दिनेश संग्रौला र हारवार्ड बिश्व बिद्यालय अमेरिकाका बिशेषज्ञ डा. तथा तालिम निर्देशक डा श्रीधर पौडेल हुनुहुन्छ ।

हेल्थ फाउण्डेसन नेपालले दाङको हाल घोराही उपमहानगरपालिकाको ३, ४, ६ र ७ (साबिक सौडियार र लक्ष्मीपुर गाबिस) मा पोषणको क्षेत्रमा काम गरिरहेको छ । फाउण्डेशनले मानसिक समस्यामा परेकाहरुको पुुनस्र्थापनाका लागि घोराही उपमहानगरपालिका ४ कुईरेपानीमा पुनस्र्थापना गृह निर्माणको काम समेत थालेको छ ।

Ad Area

Leave a Reply

Your email address will not be published. Required fields are marked *