थारुहट थारुवान राष्ट्रिय मोर्चाको २० र २१ गते नेपाल बन्द

तुलसीपुर १८ फागुन | थारुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रले फागुन २० र २१ गते दुई दिन आम हड्तालको घोषणा गरेको छ । थारुहटले बर्षौ देखिको शोषण, दमन, बिभेद, असमानताका र उत्पीडनको पिडा बाट मुक्ती खोज्दै अधिकारका लागि शान्तीपुर्ण आम हड्ताल गर्ने भएको छ ।

कैलालीका रेशमलाल चौधरी, बिरबहादुर चौधरी, हरिनारायण चौधरी लगायतका ब्यतिको मुद्दा फिर्ता, गरि बन्दीहरुलाई रिहाई गर्नु पर्ने, टिकापुर घटनाको सत्य तथ्य घटना बारे छानबिन गर्नुपर्ने, थारु भाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिनुपर्ने, माघे सक्रान्तीमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका थारुहटका १४ बुदे बिभिन्न माग सहित २० र २१ गते नेपाल बन्द हुने भएको हो ।

DG Mobile Dang

आम हड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, ब्यापार ब्यबसाय, शिक्षण संस्था लगायत सवारी तथा यातायातका साधनहरु पुर्ण रुपमा बन्द हुने छन् भने एम्बुलेन्स, औषधीजन्य, रेडक्रस, मानबअधिकारकर्मी, पत्रकार लगाएका सवारी साधन चल्न पाउने महासचिब तुलसी थारुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।