विद्यालयको बार्षिक उत्सवमा स्वास्थ्य शिविर

घोराही, पुस । घोराही उपमहानगरपालीकाका प्रमुख नरुलाल चौधरीले हरेक व्यक्तिको समृद्धी स्वास्थ्यसंग जोडिएको बताएका छन । घोराही उपमहानगरपालीका वडा न ४ मा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दे प्रमुख अतिथी नगरप्रमुख चौधरीले यस्तो बताएका हुन ।

Buddha International Hospital


Advertise with us
प्रमुख अतिथी चौधरीले स्वास्थ्य विनाको समृृिद्ध कल्पना गर्न नसकिने भन्दै व्यक्तीको समृद्धि राष्ट्रसग जोडीएकाले आर्थिक समृद्धीका लागी स्वास्थ्य समृद्धि आवश्यक पर्ने भएकाले स्वास्थ्यमा सवै संवेदनशिल वन्नुपर्नेमा जोड दिए ।


माउन्ट भ्यु वोडिङ स्कुलको वार्षिक उत्सवको अवसर पारेर परिवार नियोजन संघ दाङ, घोराही उपमहानगरपालिका वडा नं ४को आयोजना तथा लमही आँखा अस्पताल , माउन्ट भ्यु बोडिङ स्कुल, जेनेभा डेन्टल केयरको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।


शिविरमा स्त्री रोग, महिलाको पाठेघरको मुखको क्यानसर, परिवार नियोजन सेवा, आँखा उपचार तथा परामर्श दातसंग सम्वन्धित उपचार, वृद्धा वृद्धहरुलाई उपचार तथा परामर्श, यौनरोग उपचार तथा परामर्श रोगका विशेषज्ञ डाक्टरहरु द्धारा निशुल्क चेकजाच गरिएको थियोे ।
शिविर माउन्ट भ्यु बोडिङ स्कुल संचालन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आथित्यतामा उद्घाटन भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं४ का वडा अध्यक्ष भिमबहादुर सार्की, परिवार नियोजन संघ दाङ, केन्द्रिय सदस्य निर्मला गौतम रेग्मी लगायतले आआफ्नो धारणा राखेका थिए ।

परिवार नियोवन संघ दाङ, शाखा प्रबन्धक बसन्त खनालले स्वागतबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव माया पोख्रेलले गरेकी थिइन ।  शिविरमा लमही आँखा अस्पतालका नेत्र विषेयज्ञ मदन चौधरी डा। रविन आचार्य, डा चेतनारायण पाण्डे, डा। पुस्पा डागी, डा। निरज आचार्य सहित स्वास्थ्यकर्मीहरु सरीता तामाङ, प्रभा के सी, सन्ध्या गौतम, चीनी श्रेष्ठ सहितको टोलीले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेको थियो ।

यसैबीच परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालका अनुसार शनिवार साझसम्म गरिएको उपचारमा २९१ ज्नाले सेवा लिएका छन । जसमा २३५ महिला र ५६ जना पुरुष रहेका छन ।