कथा : ऊ मरिसकेकी थिई

Advertise with us

दीपक जीएम

 

Buddha International Hospital

Advertise with us

गाउँमा पढाई सिध्याएर म जागिरको लागि शहर पुगे । जहाँ मेरा मामा–माइजु बस्ने गर्नुहुन्थ्यो । जागिर गर्ने क्रममा एकदिन म अफिस जाने बेला मेरो नजर एउटा घरको झ्यालमा प¥यो । त्यो झ्यालमा एउटी अत्यन्त राम्री युवती उभिएकी थिइन् तर म आफ्नो गन्तव्य तिर लागे । साँझ फर्किदा पनि मैले ती युवतीलाई त्यही झ्यालमा कपाल कोर्दै गरेको देखे ।


यसरी दिनहुँ म अफिस जाँदा र फर्कीदा ती युवतीलाई त्यही झ्यालमा कहिले बसेको कहिले उभिएको अनि कपाल कोर्दै गेरेको देख्थे । तीय युवती अत्यन्त सुन्दर र राम्री, त्यसैले होला नचाहेर पनि मेरो नजर उनीमाथि पर्न जान्थ्यो । उनी संग मलाई भेट्ने इच्छा जाग्यो । यता मामा र माइजुलाई भने मैले भान नै दिएको थिएन । यसरी दिनहरु वित्दै थिए । एकदिन म अफिसबाट फर्किदा त्यो घरको झ्याल बन्द देखे । मलाई अचम्म लाग्यो र म घरतिर लागे ।


अर्कोदिन अफिस जादा पनि त्यो झ्याल बन्द पाए । यसरी २,४ दिन लगातार झ्याल बन्द देख्दा मलाई उनको घर जान पाए हुन्थ्यो भन्ने मनमा उत्सुक्ता जाग्न थाल्यो तर कसरी । एक हप्ता पछि मामाको घरमा पुजा थियो । ती युवतीको घरमा जाने एउटा बहाना चाहिएको हुँदा मैले पुजाको निमन्त्रणा दिनको लागि उनको घरमा जाने निधो गरे ।

भोलिपल्ट अफिसबाट फर्किदा म उनको घर पुगे, साँझको समय थियो । ढोका ढकढक्याए, एकछिनपछि लगभग ६५ वर्षकी बृद्ध महिलालाई ढोकामा पाए । म बोल्न नपाउँदै ती बृद्ध महिलाले बाबु के–कति कामले पाल्नु भयो भनेर प्रश्न गर्नुभयो । म नजिक बस्छु न मामाको घरमा कथा भएकोले हजुरहरुलाई निमन्त्रणा दिन भनि आएको भने । भित्र आउनुस् भन्दै ती बृद्धा महिला भित्र पस्नु भयो । अनि म पनि भित्र छिरे । भित्र छिर्नासाथ मैले चारैतिर नजर दौडाए तर मैले ती युवतीलाई देखेन । तपाई यहाँ एक्लै, बस्नुहुन्छ भनि मैले उहाँलाई प्रश्न गरे १ उहाँले हो बाबु म यहाँ एक्लै बस्छु भन्नुभयो ।

मलाई अचम्म लाग्यो र मैले उहाँलाई सोधे की मैले हजुरको माथि कोठाको झ्यालमा सधै एउटी युवतीलाई देख्थे । को हुन् उनी भनेर सोधे रु तर बाबु माथिको कोठा त वर्षौदेखि बन्द छ । यो घरमा म बाहेक अरु कोही पनि बस्दैनन् । भनेर ती बृद्ध महिलाबाट जवाफ आयो । माथि कोठामा जाउँ भनेर ती बृद्धाले मलाई कोठामा लिएर जानुभयो । कोठामा रहेका झ्याल खोल्नु भयो । जुन झ्यालमा सधै म उनीलाई देख्ने गर्दथे । झ्यालदेखि नजर मैले घुमाएको मात्र थिए की म झसंग भए । किनकी भित्तामा रहेको ती युवतीको नै फोटो थियो र त्यस फोटोमा माला चढाएको देख्दा आश्चर्य लाग्यो ।

त्यसपछि ती बृद्ध महिलाले जुन कुरा मलाई भन्नु त्यो पत्यार लाग्दो थिएन । बाबु त्यो फोटो मेरो छोरीको हो । आजभन्दा पाँच वर्ष अगाडी विष सेवन गरी मेरो छोरीले आत्महत्या गरी अनि यो ढोका त्यो बेलादेखि बन्द नै छ भन्नु भयो । तर तिमीले भनेझै कैयौं कतिपय मानिसहरुले मेरो छोरी कमलालाई प्रायः यो झ्यालमा देखेको भन्ने सुनेको छु र आज बाबु तिमीले पनि त्यही भनेको सुन्दा हो जस्तो लाग्छ । यो सबथोक सुन्नासाथ मेरो पाउँहरु डगमगाउँ थाले । साँस फेर्न समेत गाह्रो महसुस हुन थाल्यो मलाई । र म त्यहाँबाट निस्किए, निस्किदै गर्दा पछाडीबाट ती बृद्धमहिलाले मलाइृ आवाज दिदै भनिन् “बाबु आउँदै गर्नु है बेला–बेलामा । तर म नसुने झै आफ्नो बाटो लागे ।

अलिक पर पुगेको मात्र के थिए की मामा भेट्टीनु भयो र कहाँबाट आएका भनि सोध्नु भयो ।
अनि मैले त्यहाँ पर रहेको घरमा निमन्त्रणा दिएर आएको भनि इशारा गरे । मामाले त्यहाँ त कोही बस्दैनन् त्यो घर वर्षौ देखि बन्द छ भन्नुभयो । तर मामा म भर्खरै त्यहाँ एउटी बृद्ध महिलालाई भेटेर आउँदैछु भन्दा मामा हाँस्नु भयो र भांङ खाएको छौं कि भान्जा भन्दै जाएँ घर हिड भन्नुभयो । मलाई अचम्म लाग्यो र हास्नुको कारण सोद्धा मामाले, ‘हेर भान्जा त्यो घर ५÷६ वर्षदेखि बन्द छ र त्यहाँ कोही पनि बस्दैनन् ।

५÷६ वर्ष अघि त्यहाँ एकजना बृद्ध महिलार अर्की अधवैसे छोरी बस्ने गर्दथे तर एकदिन अचानक आमाछोरीले विष सेवन गरी आत्महत्या गरे । तर किन गरेको त्यो भने थाहा भएन । मेरो आश्चर्यको सिमा भएन । छागा बाट खसे झै भए ।

साथै मेरो जिब्रो लड्बडाउन थाल्यो । मनमा एउटा अनौठो डर उत्पन्न भयो । र ती बज्यैसंग विताएका पलहरु सम्झिन थाले । जाउँ हिड घर भनेर मामाले भन्नुभयो । अनि हामी घरतिर लाग्यौं । खाना खाएर म कोठातिर लागे । बेडमा पल्टिए तर निद्रा भने मलाई पटक्कै लागेन । मनमा अनर्कौ प्रश्नहरु खेल्न थाले । साथै ती युवतीका निर्दोष आँखाहरुलाई सम्झिदै कोल्टो फेरे ।

समय वितेको पत्तै नहुँदो रहेछ । ३ वर्ष वितिसक्यो । म आजपनि त्यही बाटो अफिस जाँदा र फर्किदा त्यो घरको झ्यालमा हेर्ने गर्छु । जुनकी मेरो सबै भन्दा सुन्दर सपना थियो तर अफसोच अपुरो नै भयो । त्यो दिन सम्झिदा आज पनि मेरो मुटुको ढुकढुकी बढ्ने गर्छ र हातगोडा सेलाउछन् ।

अनि ती बृद्ध महिलाको आवाज आजपनि मेरो कानमा गुञ्जिने गर्छ ‘बाबु आउँदै गर्नु है..