दिल्ली हिंसा मृतकको संख्या २० पुग्यो, सेना परिचालन गर्न माग

फागुन १४ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण आजसम्म एक प्रहरी अधिकृत सहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।

जिटीबी अस्पतालले आज मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ ।

DG Mobile Dang