भोली राप्ती गाउँपालिका नेपालको दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा हुँदै

ओमप्रकाश गुप्ता

सिसहनियाँ १४ फागुन । दाङको राप्ती गाउँपालिकालाई भोली फागुन १५ गते नेपालको ऐतिहासिक दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न लागिएको छ । पिपरीमा रहेको निलसागर असाहाय,अशक्त जेष्ठ नागरिक सेवा केन्द्रको समन्वयमा गाउँपालिका भित्रका ९ वटै वडालाई समेटेर विभिन्न जातजातीको झाँकी,बाजागाजा ,नाचगान सहित तामझामका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न लागिएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

DG Mobile Dang

यसै बिच गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल आउने कार्यक्रम तय भएको अध्यक्ष विष्टले जानकारी दिएका छन् । घोषणा कार्यक्रमलाई सहभागीता मुलक बनाउने र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको प्रमुख विकले बताए ।

गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालिएको छ । दिउँसो १ बजे हुने घोषणा कार्यक्रममा सहभागि भईदिन सम्पुर्ण राप्ती गाउँपालिकाबासीहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।

हाल निल सागर सिसहनियाँमा ३० जना असाहाय,अशक्त, जेष्ठ नागरिक बस्दै आएका छन् । यस अघि बाँके जिल्लाको खजुरा गाउँपालिका नेपालको पहिलो सडक मानमुक्त गाउँपालिका घोषणा भइसकेको छ ।